अत्याधिक रक्तश्रावका कारण खुम्बुमा सुत्केरीको ज्यान गयो

सोलुखुम्बु :  अत्याधिक रक्तश्रावका कारण खुम्बुपासाङ ल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नम्बर २ लुक्लाकी २५ वर्षीया शान्ति राईको ज्यान गएको  पासाङ ल्हामु निकोलनिकी अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार बेलुका ६ बजे सामान्य अवस्थामै छोरालाई  जन्म दिनुभएकी राईको साल अडकिएको थियो । सोही कारण अत्याधिक रक्तश्राव भएकाले उहाँलाई रकगको आवश्यक परेको भएपनि रगत उपलब्ध नहुँदा सुत्केरीको गएराती ३ बजे ज्यान गएको अधिकृत केसीले बताउँनुभयोे । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
-source:solu FM

प्रकाशित मिति २८ भाद्र २०७८, सोमबार १८:४७

सम्बन्धित समाचारहरु