अनलाइन शेर्पा कमेडी प्रतियोगिता हुने

बौद्धमार्गीहरुको महान चाड ग्याल्पो लोसार २१४८ को अवसर पारेर लोकप्रिय कलाकार स्व.साम्दे शेर्पाको स्मृतिमा बिश्व शेर्पा आवाजद्वारा “अनलाइन शेर्पा कमेडी प्रतियोगिता” आयोजना हुने भएको छ ।

विश्वभरबाट शेर्पा दाजुभाइ तथा दिदीबिहिनीहरुले बढिमा ५ मिनेटको भिडियो सामग्री तयार गरेर प्रतियोगितामा भाग लिन सकिने बिश्व शेर्पा आवाजका संचालक लाक्पा तेन्जी शेर्पाले जनाएको छ । प्रतियोगितामा बिजेताहरुलाई प्रथम पुरस्कार नगद पचास हजार, द्वितीय पुरस्कार तीस हजार र तृतीय पुरस्कार बीस हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।

प्रतियोगिताबारे थप जानकारीको बिश्व शेर्पा आवाजको अधिकारिक पेजमा हेर्न सक्नुहुनेछ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १८:३३