अल्गार्भ NRNA चरम विवादको शिखरमा । महासचिवले नै दिए राजीनामा !

  • मनोज भट्टराई

अप्रिल १९/ लिस्बन – एन आर एन ए पोर्तुगल क्षेत्रीय समिति अल्गार्भको वर्तमान कार्यसमितिमा विवादको श्रृखला उत्कर्षमा पुगेको छ । अल्गार्भ क्षेत्रलाई आफ्नो राज्य ठान्ने र त्यहाँ आफुले जे भन्यो त्यही मात्रै चल्ने भनेर सामाजिक संजालहरुमै अभिव्यक्ति दिने गरेका सो क्षेत्रका अध्यक्ष अनिल शर्माको वर्तमान कार्यसमिति भित्र विवाद भने शिखरको चुलीमा पुगेको छ ।
विश्व महामारीले समस्यामा परेका पोर्तुगलका नेपालीहरुलाई रहात वितरण गर्ने सन्दर्भमा सो कार्यलाई तडकभडक प्रचारबाजी गर्नुपर्छ भन्ने अध्यक्ष शर्मालाई आफ्नै कार्यसमितिका सदस्य कृष्ण अधिकारीले विरोध गरेका थिए । सोही बिषयमा विवाद हुँदा र अध्यक्षले आफुले भनेजस्तै सबै गर्नुपर्छ भन्ने ढिपीका कारण सदस्य अधिकारीले यस अगाडी नै राजीनामा दिएका थिए ।
सोही राजीनामाको बिषयमा बहस छलफल हुँदैजाँदा कार्यसमितिकै जिम्मेवार पदका व्यक्तिहरुले राजनीतिक गुटबन्दी गरेर अभिव्यक्तिहरु दिएको र त्यसलाई अध्यक्षले संरक्षण गरेको भन्दै महासचिव केशब न्यौपानेले नैतिकताको आधारमा राजीनामा दिएका छन् । “यदि संस्था यसरी नै चल्दै जाने हो भने यहाँको नेपाली समुदायमा निश्चित पार्टी र व्यक्तिको इच्छा अनुसार संस्था चल्दोरहेछ । उही पार्टी प्रति आस्थावान निकटतम ब्यक्तिहरुका लागि मात्रै बनेको संस्था रहेछ भन्ने खालको भाव जनमानसमा पर्नसक्छ।” महासचिव न्यौपानेले दिएको राजीनामा पत्रमा भनिएको छ ।
हेर्नुस राजीनामाको पूर्ण पाठः



अध्यक्ष अनिल शर्मको दम्भ ।
पोर्तुगलका एन आर एन ए अल्गार्भ क्षेत्रका अध्यक्ष अनिल शर्माले आफुलाई सोही क्षेत्रको राजा झैँ ठान्ने अभिव्यक्तिहरु विभिन्न समयमा सामाजिक संजालहरुमा दिने गरेका छन । “अल्गार्भ क्षेत्र भनेको लिस्बन जस्तो होईन यहाँ हामीले जे भन्यो त्यही हुन्छ ।” उनले नेपाली समाज पोर्तुगलका सल्लाहकार धनराज शेर्पालाई जवाफ दिदै एउटा फेसबुक ग्रुपमा लेखेका थिए ।
गत एन आर एन ए पोर्तुगलको चुनाबमा आईसीसी उम्मेदवर रहेका शेर्पालाई अल्गार्भको सबै मतादान केन्द्रबाट १६–१६ मत आफुहरुले नै बाडेर दिएको समेत ईङगित गरेका छन । उनको त्यस अभिव्यक्तिले गत एन आर एन ए पोर्तुगलको चुनावमा अल्गार्भ क्षेत्रबाट बुथ कब्जा गरेर धेरैलाई अवैधानिक रुपमा जितएको कुरालाई पुष्टि गरेको छ ।

प्रकाशित मिति ८ बैशाख २०७७, सोमबार ०३:२०