आधारशिविर जोढ्ने बाटो निर्माण कार्यले तीब्रता पए

खुम्बु पासाङ ल्हमु गाउँपालिका वडा नं ४ दिबुचे हुदै सगरमाथा आधारशिविर जोढ्ने बाटो निर्माण कार्यले तीब्रता पएको छ । गाउँपालिकाको एभरेष्ट ट्रेकिङ ट्रेल निर्माण को योजना अन्तर्गत यस बर्ष ७० लाखको बजेट विनियोजन गरिएको यश योजना खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ दिबुचे मिलिङगो देखि सुरू गरिएको हो ।

दिबुचे पाङबोचे सोमारे हुदै सगरमाथा आधार सिविर बाटो असहज भएपछि गाउँपालिकाले बजेट विनियोजन गरि सुरू गरिएको हो । वार्षिक लाखौंको संख्यामा पर्यटकको आगमन हुने यश क्षेत्रको सडक विस्तारमा यश भन्दा अगाडि राज्यको नजर पुग्न नसकेपनि पछिल्लो स्थानिय सरकारले सडक संजाललाई विशेष प्रथामिकतामा राखेको छ ।

सगरमाथाबाट करोडौंको रोयल्टी असुल्न सक्ने तर यश क्षेत्रको विकासमा केही हदसम्म प्रयास नहुदा दुखित भएका स्थानीयले अहिले अाफै जनाप्रतिनिधि भएर अाए पछि यसलाई पूरा गर्ने प्रयासमा जुटेका छन् । खुम्बु गाउँ पालिकाले स्थानीय सरकार गठन पश्चात् जनप्रतिनिधिको योगदान र कार्यले गर्दा अाफूहरूको भोट खेर नभएको भन्दै स्थानीय पनि खुःसी छन् ।

प्रकाशित मिति ११ श्रावण २०७६, शनिबार १८:५४