अाफ्नो ख्याल गर्नु है हजुर – अप्सरा सुनार

काग करायो एकाबिहान अाफ्नो ख्याल गर्नु है हजुर
मौका खोज्छ हर निसान अाफ्नो ख्याल गर्नु है हजुर

देशको सपूत गोली अनि खुकुरीसँग लड्नैपर्छ
चल्दैछ युद्धको अभियान अाफ्नो ख्याल गर्नु है हजुर

मातृप्रेम भन्दा हुदैन ठुलो तिम्रो मेरो प्रेम बुझिदेउ
उड्दैछ बहादुरी विमान अाफ्नो ख्याल गर्नु है हजुर

प्रेम ढाल बनाई लड्नु विजय मुस्कान अधरमा बोकी
नरुनु है भिजाई त्यो सिरान अाफ्नो ख्याल गर्नु है हजुर

पुर्वी गगनको लालि सगै मनाउनुछ बिजयको उत्सब
बचाई अामाको शक्तिमान अाफ्नो ख्याल गर्नु है हजुर

प्रकाशित मिति १० बैशाख २०७५, सोमबार ११:३३