‘आई डोल्मु आई पाल्मु’ म्युजिक भिडियो बजारमा आउँदै

काठमाडौं– हिमाली गाउँ भाग– २ मा समावेश ‘ओई डोल्मु ओई पल्मु ’ बोलको गीतको नयाँ म्युजिक भिडियो बजारमा ल्याउने तयार भइरहेको छ । शेर्पा फिल्म (टिन्छेन फमा)मा अभिनय गरिसकेका आङ कुङगा शेर्पा, छोङ्बा शेर्पा, मिस मंगोल २०१८ जाङ्मु ईन र मिस शेर्पा २०१७ की बिजेता समेत रहेकी सोनाम डोल्माको अभिनय रहेको छ ।

गीतको छायंकन सकिएसँगै अहिले सम्पादन कार्य तिब्र गतिमा भईरहेको आङ कुङगा शेर्पाले दिनुभयो । गीतको भिडियो एकसाता पछि सार्वजनिक गर्ने तयारी भइरहेको छ । लाक्पा साङगे शेर्पाको शब्द तथा संगित रहेको गीतमा फुर्वा शेर्पाको स्वर रहेको छ । मिङमार शेर्पाले निर्देशन गरेको म्युजिक भिडियोलाई रोहितविक्रम कार्कीले खिचेका छन् । गीतमा बिमल राईको कोरियोग्राफी रहेको छ ।

-योहो खबर बाट साभार

प्रकाशित मिति १० पुष २०७५, मंगलवार १५:४७

सम्बन्धित समाचारहरु