आगोले जलेर घाइते बालकको उपचारका लागि शेर्पा किदुग पोर्तुगलले सहयोग गर्‍यो ।

१३ अगष्ट /लिस्बन – रामेछाप उमाककुण्ड – १ गुम्देल, चामुरका एक बालक पासाङ शेर्पाको उपचारका लागि शेर्पा किदुग पोर्तुगलले सहयोग संकलन गरेर पठाएको छ ।

केही समयअगाडि सो बालक आगोमा परि सख्त घाइते भएका थिए । आगोले उनको शरीर अगाडिको अन्य भागसगै अनुहार नराम्ररी जलेको थियो । बालकको उपचारका लागि धेरै खर्च लाग्ने र अभिभावकको आर्थिक अवस्था राम्रो नभएको कारण रामेछाप शेर्पा किदुगले सबैमा सहयोगका लागि अपिल गरेका थिए । त्यसपछि पोर्तुगलमा शेर्पा किदुग पोर्तुगलले सहयोग संकलन अभियान संचालन गरी संकलित जम्म एक लाख तीस हजार तीनसय सोह्र रुपैंया त्रिपन्न पैसा आज नेपाल पठाइएको शेर्पा किदुग पोर्तुगलका अध्यक्ष निमल्हमु शेर्पाले हिमाली सन्देशलाइ जानकारी दिइन ।

कोरोना महामारीको गम्भीर परिस्थितिको सामना गरिरहेको अवस्थामा पनि सहयोग गर्नुहुने सवै सहयोगीहरुलाइ अध्यक्ष शेर्पाले धन्यवाद ज्ञापन गर्दै घाइते बालक पासाङ शेर्पाको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन ।

प्रकाशित मिति २९ श्रावण २०७७, बिहीबार १९:२८