आदिवासी जनजाति पत्रकार महासंघ सोलुमा डिबी खालिङ

९ चैत्र/सोलुखुम्बु समाचार आदिवासी जनजाति पत्रकार महासंघ सोलुखुम्बुमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सल्लेरीमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले डि.बी. खालिङको अध्यक्षतमा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत् चयन गरेको हो ।

नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा माया शेर्पा, सचिवमा यमुना मगर र कोषाध्यक्षमा उम्रिता राई चयन भएको महासंघले जनाएको छ । अधिवेशनले केन्द्रिय र प्रदेश सभासद् समेत चयन गरेको छ ।

प्रकाशित मिति ११ चैत्र २०७४, आईतवार १३:३९