काठमाडौं । संगीतकार सन्तोष प्रगाढले स्वर तथा संगीत दिएको आधुनिक गित “उनलाई जायज भो” को म्युजिक भिडियो आज एक कार्यक्रम विच रिलिज गरिएको छ । उक्त गितमा निर्देशक बिश्वास भण्डारीले एक दर्जन भन्दा बढी फिल्म निर्देशक तथा नृत्य निर्देशकलाई कलाकारको रुपमा प्रस्तुत गरेका छन।

बाबू सेन्चुरिले कोरियोग्राफर गरेको उक्त गितमा निर्देशकहरु दिपक लामा, निमा लामा, घनश्याम तिमल्सिना एन्टिना, जनकराम न्यौपाने, संगीत सागर, बाबू सेन्चुरी, ह्यारी कट्टेल, जयराम सापकोटा,वशिव आर जि, राज तामाङ, बिबि राना र निर्देसक बिश्वास भण्डारीको समेत अभिनय रहेको छ भने उनिहरुलाइ मोडेल आकृती तामाङले साथ दिएकी छिन । गजलकार सुशीला पौडेलले लेखेको उक्त गितलाई नगेन्द्र दाहालले खिचेका हुन भने निर्देशक बिश्वासले नै सम्पादन गरेका हुन् ।

कार्यक्रम इन्टरनेशनल फिल्म स्कुलको हल जोरपाटीमा सम्पन्न भएको उक्त कार्यक्रममा म्युुजिक भिडियोमा अभिनय गर्ने सम्पुर्ण निर्देशक लगायत कलाकारलाई सम्मान पत्र प्रदान गर्नुका साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमलाई B square media को youtube च्यानल मार्फत रिलिज गरिएको छ ।कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले म्युजिक भिडियोलाई समेत सरकारले स्थान दिनुपर्नेमा जोड दिएका थिए।

Please follow and like us:
error61
fb-share-icon100
Tweet 65

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय