आफैँले पालेको गोरुले हान्दा शेर्पाको आँखा निस्कियो

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० लुम्सामा गोरुले हान्दा एक बृद्धाको आँखा निस्किएको छ । शुक्रबार साँझ आफैँले पालेको गोरुले हान्दा लुम्साका ७५ बर्षिय कामी शेर्पाको आँखा बाहिर निश्किएको उहाँका भतिज ङिमा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार साँझ गोठमा गोरु बाध्ने क्रममा एक्कासी गोरुले आन्दा शेर्पाको आँखा बाहिर निस्किएको हो । घाईतेलाई उपचरका लागी राती नै ओखलढुंगा सामुदायिक अस्पताल (मिसन अस्पताल) पुर्याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागी तिलगङ्गा आँखा प्रतिस्ठान काठमाण्डौ रेफर गरिएको छ । घाईतेलाई शनिबार जीप मार्फत काठमाण्डौ लगिएको उहाँका छोरा कान्छा शेर्पाले बताउँनुभयो ।

-source: Solufm

प्रकाशित मिति २४ माघ २०७७, शनिबार १४:०८