एनआरएनए एशिया प्यासिफिकको संयोजकमा ओम गुरुङ ‘अजिव’ द्वारा उम्मेद्वारी घोषणा

फुर्वा शेर्पा ,२१ सेप्टेम्बर,टोकियो,जापान ।
एनआरएनएको एशिया प्यासिफिकको ०१९ ~०२१ कार्यसमितिको लागि एसिया प्यासिफिक संयोजकमा अजिव गुरुङ ‘ओम’ ले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा निरन्तर सहभागिता जनाउदै अध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका उनले ३ कार्यकाल सम्म आईसीसीको सदस्य पदमा रहि विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

काे हुन अजिव गुरुङ ‘ओम’?

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएका गुरुङ हाल चितवनको माडीका स्थानीय बसिन्द्दा हुन् । बिगत लामो समयदेखी जापानलाई कर्मथलो बनाएका गुरुङ जापानमा स्थापित एक सफल रेष्टुरेण्ट तथा रेमिट्यान्स ब्यवसायी पनि हुन । एक कार्यकाल आफु पछाडी बसेर अर्का उपाध्यक्षलाई अध्यक्षमा मार्ग प्रश्स्त गर्ने गुरुङ मनकारी र आफु अध्यक्षको दावेदार उमेद्वार हुँदै गर्दा पनि ६ जान प्रत्यासीहरु लगाएत सिंगो कार्यसमितिलाई नै सर्वसम्मति गराइ सबैलाई मिलाएर लैजान सक्ने साह्रै मिलनसार र अहिलेका अति बलियो उम्मेद्धारमा पर्दछन । जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको संस्थापक अध्यक्ष समेत रही विभिन्न संघ संस्थामा पनि महत्वपूर्ण योगदान गरी सकेका गुरुङ गैरआवासीय नेपाली संघ आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो ।
हालसम्म संलग्न सामाजिक संघसस्थाहरु र भएका कार्यहरु
हाल नेपाल आदिवासी जनजाति महासंघ जापान, पर्वत समाज जापान, तमु धीं जापान, चितवन समाज जापान, तमु ह्युल छोंज धीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकार लगाएत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलम चलाउन पनि उतिकै माहिर छन्।
बिगत देखिनै एनआरएनए जापानको एनसीसीमा रहँदा भवन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ गत निर्वाचनमा अन्तराष्ट्रिय समन्वयको केन्द्रीय समितिमा भट्टको बिजयीसंगै प्रबक्ता बन्ने प्रवल सम्भावनालाई पनि त्याग गरेका गुरुङ हाल एनआरएनए NCC र ICC को नीति निर्माण तथा प्रकृया जस्तो महत्वपूर्ण बिषयमा हालका महासचिब डा. बद्रि केसीको टिममा उप-संयोजक जस्तो जिम्मेवारी ठाउँमा रहेर काम गरीरहेका छन |

एसिया प्यासिफिक संयोजकमा नै उम्मेद्वारी
किन ?

सकेसम्म सहमति र सहकार्यमा नै होस भन्ने चाहना राख्ने गुरुङ सम्भावना नभए डेमोक्रेटिक प्रकियामै गएर भएपनि अहिले सम्मको आफ्नो त्याग, कामको दक्षता र क्षमताको मुल्यांकन हुनुपर्ने भन्दै भोटिङ भइहालेछ भनेपनि आफ्नो जित सुनिश्चित हुनेमा ढुक्क देखिन्छन् । यस अघिका ICC को अधिबेशनहरुमा पनि आफ्नो बलियो सम्भावना हुँदा-हुँदै पनि साथीहरुलाई समर्थन गरि अगाडी बढाएर त्याग गरेका गुरुङ अब भने आफ्नो पालो आएको र आफ्नो उम्मेद्धारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीहरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गर्छन् ।
नेपालीका लागि नेपाली, एक पटकको नेपाली सँधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले जिकिर गरे ।
गुरुङ अबको NRNA भनेको *Vision 2020 and Beyond* को गाइडलाइनमा टेकेर नयाँ सोचका साथ अघि बढ्नु पर्दछ भन्ने मान्यता राख्दछन । यस अर्थमा पनि गैरआवासीय नेपाली संघको परिकल्पना, स्थापना र बिकासमा एनआरएनए एनसीसी र आईसीसीमा गुरुङको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ ।
काम गर्नका लागि एसिया प्यासिफिक संयोजकमा नै किन भन्ने प्रसंगमा गुरुङले एनआरएनएका मूल्य र मान्यताहरुलाई आत्मा साथ गर्दै “आफ्नै भिजन नै आफ्नो मिसन”भएकोले आफै जिम्मेवारी तहमा बसेर काम गर्न चाहेको जानकारी दिए ।
खास गरि एसिया नेपालीहरुको रोजगारीको मुख्य गन्तब्य भएकोले बिशेष गरेर यस क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुको हक अधिकार, श्रमको उचित मूल्य र ब्यबस्थित रोजगार, जिबन बिमाको पहल गर्ने र विदेशमा मृत्यु हुने नेपालीहरुको मृत शरीरलाई सरकारी तवरवाट नेपाल लैजान सहज र सहजिकरण वातावरणको व्यवस्था गर्ने र विदेशीभूमिमा अलपत्र पर्ने गरेका नेपालीहरुको उद्धारमा आफू दिलो ज्यान दिएर लाग्ने प्रतिवद्धता व्यक्त गरे । यस अर्थमा पनि आफुले एसिया प्यासिफिक संयोजक भएर सेवा गर्न चाहेको बताए |
आसन्न एनआरएनए एनसीसीको ग्लोवल सम्मेलन अक्टोवर १५,१६ र १७ तारिख काठमाडौंमा हुँदैछ।

प्रकाशित मिति ४ आश्विन २०७६, शनिबार १७:२४