ओखलढुंगामा निशुल्क उद्घोषण तालिम सञ्चालन हुदै

शेर्पा संचार समूह नेपाल ओखलढुंगालले १२ दिने निःशुल्क उद्घोषण तालिम सञ्चालन गर्ने भएको छ । संचारमाध्यमा शेर्पा समुदायको भूमिका रहने र युवाहरुको समयको सदुपयोग होस् भन्ने उद्देश्यकासाथ यही पुस ११ देखि २२ गतेसम्म खिजिदिम्बा गाँउपालिका वाड न. ५ मा नेपाली तथा आधारभूत शेर्पा भाषामा उद्घोषण तालिम आयोजना गर्न लागिएको संस्थाक सचिब दावा जाङबु शेर्पाले जानकारी दिनुभयो ।

दोस्रोपटक शेर्पा संचार समूह नेपाल ओखलढुंगालले शेर्पा समुदायलाई निरन्तर संचारमाध्यमको क्षेत्रमा अग्रसर गराउदै आएको शेर्पा संचार समूह नेपालका सचिव दावा जाङ्बु शेर्पाले जानकारी दिनुभयो । संचारमाध्यममा शेर्पा समुदायको पनि थप भूमिका हुने उद्देश्यले समाचार लेखन, फोटोग्राफी, उद्घोषण लगातय विषयमा तालिम प्रधान गर्दै आएको शेर्पाको भनाई छ ।

संचारमाध्यममा आदिवासी जनजातीको भूमिका न्युन हुने गरेको र शेर्पा समुदायको सक्रियता कम भएकोले उनीहरुलाई उत्साहन गर्न प्रत्यक वर्षे तालिम दिदैं आएको संस्थाले जनाएको छ । उक्त तालिमको प्रशिक्षक भने शेर्पा समुदायका लेखक तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पा रहने बताउनु भयो ।

संस्थाले पुस ११ गतेबाट सञ्चालन हुने उद्घोषण तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई आह्वान गरेको छ ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १४:४६