शेर्पा संघ ओखलढुंगाले प्रदेश स्तरिय लोसार कार्यक्रम गर्दै

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगा, शेर्पा सञ्चार समुह जिल्ला कार्यसमिति ओखलढुंगा, नेपाल शेर्पा संघ खिजीदेम्बा गाउँपालिका र शेर्पा युवा संघ ओखलढुंगा लगायतका शेर्पा संघसंस्थाहरुको संयुक्त आयोजनामा ” भाषा धर्म संस्कृति हाम्रो पहिचान पर्यटन वर्ष २०२० लाई सफल पर्ने हाम्रो अभियान “भने मुल नाराका साथ ऐतिहासिक बृहत संस्कृति लोसार कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रदेश नं. १ अन्तर्गतका १४ वटा जिल्लाका जिल्ला अध्यक्ष र शेर्पा संघको केन्द्रिय अध्यक्ष लगायतका विशिष्ट ब्याक्तित्वहरुको अतिथ्यतामा यही फाल्गुन २० र २१ गते २१४७ च्याक फो चिवा ल्हो लोसार कार्यक्रम सब्य र भब्य रुपमा मनाउने प्रचार- प्रसार संयोजक दावा जाङ्बु शेर्पा हिमाली संदेश लाई जानकारी दिनु भयो ।

लोसार कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति र डिजे ब्याटल सहित स्थानीय कलाकारहरुको समेत हुने प्रस्तुति हुने छ

प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १७:३८