कहिलेसम्म बन्ला त COVID-19 को औषधी ?

नोबेल कोरोनाभाइरसको उपचारको लागि खोप मात्रै हैन, औषधिको खोजी पनि तीब्र रुपमा जारी छ । यसबीचमा थुप्रै औषधिहरुको प्रयोगात्मक परीक्षणहरु भइसकेका छन् । तर यस महाव्याधिले डेढलाखभन्दा बढीको ज्यान लिइसक्दा पनि  यस महाव्याधिका विरुद्धमा यही औषधी चाहिँ प्रभावकारी हुन्छ भनेर ठोकुवाका साथ भन्न सकिने स्थिति छैन ।

Phone Tripod LINKCOOL 360 Degree Rotation Flexible Octopus Travel Tripod

यतिखेर संसारभरि नै १५० भन्दा बढी विभिन्न थरिका औषधिहरुमाथि अनुसन्धान भइरहेका छन् । तीमध्ये अधिकांश पहिले नै उपलब्ध औषधिहरु हुन् र कोभिड–१९ का विरुद्ध तिनको परीक्षात्मक प्रयोग भइरहेका छन् । यसैक्रममा विश्व स्वास्थ्य संगठनले कुन उपचार सबैभन्दा बढीप्रभावकारी हुन्छ भनेर विभिन्न परीक्षणहरु गराइरहेका छन् । उता बेलायतमा पनि औषधीकै खोजी गर्नेक्रममा विभिन्न अस्पतालका  ५००० विरामीहरुमा थरिथरिका परीक्षण गर्ने कामहरु भइरहेका छन् । त्यसबाहेक, थुप्रै देशहरुका अनुसन्धान केन्द्रहमा कोरोनाभाइरसको संक्रमणबाट निको भएकाहरुबाट संकलन गरिएको रगतको माध्यमबाट विरामीहरुको उपचार गर्ने र त्यसको प्रभावकारिता हेर्ने काम पनि भइरहेको छ ।

यी सबै परीक्षणहरु प्रारम्भिक चरणमा नै छन् र तिनका नतिजाहरुबारे अहिल्यै नै यसै भन्न सकिने स्थिति भने छैन ।

कस्ता औषधीहरुले काम गर्न सक्छन् ?

अनुसन्धानका क्रममा तीनवटा विस्तृत अवधारणाहरुका बारेमा परीक्षण गरिँदैछन् ः

– भाइरस प्रतिरोधी औषधीहरु जसले शरीरभित्र बाँच्न सक्ने कोरोनाभाइरसको क्षमतालाई निष्क्रिय तुल्याइदिन्छ ।

–मानिसको शरीरको प्रतिरक्षा प्रणालीलाई शान्त राख्ने औषधीहरु । कोरोनाभाइरसको विरुद्धमा लड्ने क्रममा मानिसको शरीरको रोग प्रतिरोधी क्षमताले चाहिँदोभन्दा बढी सक्रिय हुँदा त्यसले भाइरसलाई मार्नेभन्दा पनि बढी असर र क्षति पुर्याउने गर्छ, जसले गर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ ।

–एन्टीबडीहरु : कोरोनाभाइरसको संक्रमणबाट निको भएका पूर्व विरामीहरुको रगतबाट संकलन गरिएको वा ल्याबमा निर्माण गरिएका एन्टीबडीहरु, जसले भाइरसलाई आक्रमण गर्छ ।

Tibetan Singing Bowl Set

Silent Mind ~ Tibetan Singing Bowl Set ~ Antique Design ~ With Dual Surface Mallet and Silk Cushion

अहिले परीक्षणकै रुपमा प्रयोग गरिएका औषधिहरुमध्ये सबैभन्दा आशालाग्दो नतिजा रेमडेसिभिरले दिएको छ । मूलतः अफ्रिकामा देखापरेको इबोलाको उपचारको लागि बनाइएको यो औषधी अरु औषधिहरुको तुलनामा बढी प्रभावकारी देखिएको प्रारम्भिक नतिजाहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनका डा. ब्रुस एल्वार्डले चीनको भ्रमण गरेर फर्केपछि यो औषधी मात्रै सबैभन्दा प्रभावकारी देखिएको बताएका थिए ।

यस अघि पनि मेर्स र सार्स जस्तो महामारीको बेला जनावरहरुमाथि गरिएको परीक्षणमा ज्यानमारा कोरानोभाइरसका विरुद्ध यही औषधी प्रभावकारी देखिएको थियो । त्यस आधारमा समेत पनि अहिलेको कोभिड–१९ को उपचारमा यो औषधीले काम गर्ला कि भन्ने आशा जगाएको छ ।

स्मरण रहोस्, विश्व स्वास्थ्य संगठनले अहिले सामुहिक रुपमा परीक्षण गरिरहेका औषधिहरुमध्ये यो पनि एउटा हो ।

केही केही ठाउँहरुमा कोभिड–१९ को उपचारमा एचआइभीका औषधीहरु पनि प्रभावकारी देखिएको कुराहरु प्रकाशमा आएका थिए । तर एचआइभीको उपचारमा प्रयोग हुने लोपिनाभीर र रिटोनाभीरको प्रभावकारिताबारे अझै यसै भन्न सकिने स्थिति छैन । खासगरी, प्रयोगशालाहरुमा गरिएका परीक्षणमा त्यसको नतिजा आशाजनक देखिए पनि विरामीहरुमाथि गरिएको परीक्षणमा चाहिँ त्यसको नतिजा आशालाग्दो देखिएको छैन । यी औषधीहरुको प्रयोगले कोरोनाले संक्रमित भएकाहरु निको भएको, मृत्यु घटाएको वा भाइरसको संख्या घटाउन सकेको पाइएन ।

तर उक्त औषधीको परीक्षण अत्यन्तै गम्भीर अवस्थामा पुगेका विरामीहरुमाथि गरिएकोले त्यो औषधीले काम गर्न ढिला भएको हो कि भन्ने पनि छ । यस अर्थमा यी औषधीहरुको थप परीक्षण हुनु बाँकी नै छ ।

कोरोनाभाइरसको सम्भाव्य उपचारमा सबैभन्दा चर्चा पाएको औषधी भनेको मलेरियाको उपचारमा प्रयोग हुने क्लोरोक्विन पनि हो । खासगरी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधिको उल्लेख गरेपछि यसले बढी नै चर्चा पाएको हो । भाइरसप्रतिरोधी तथा इम्युन सिस्टमलाई शान्त राख्ने गुण भएको यो औषधीको प्रभावकारिता केही केसहरुमा देखिएको पाइएको छ । र्युमाटोइड आर्थराइटिस (बाथरोग)को उपचारमा समेत प्रयोग हुने यो औषधि कोरोनाभाइरसको विरुद्धमा कत्तिको प्रभावकारी हुन्छ भन्नेबारे थप अनुसन्धानहरु हुनु जरुरी छ । विश्व स्वास्थ्य संगठनले पनि यो औषधिले काम गर्छ नै भनेर भन्न सकिने पर्याप्त प्रमाणहरु उपलब्ध नरहेको जनाइसकेको छ ।

कोभिड–१९ का विरामीहरुको मृत्यु हुने विभिन्न कारणहरुमध्ये विरामीको इम्युन सिस्टम बढी नै सक्रिय भएका कारण शरीरका अंगहरु फेल खाने पनि एक देखिएको छ । यो स्थितिमा मानिसको इम्युन सिस्टमलाई अत्यधिक उत्तेजित हुन नदिने स्टेरोयिड समुहका औषधिहरुको प्रयोग पनि परीक्षणका रुपमा गरिरहेका छन् ।

Smart Voice Translator Device,82 Languages Instant Two Way Translation with 2.4 Inch Touch Screen

कोरोनाभाइरसको उपचारको क्रममा अपनाइएको अर्को विधि भनेको त्यसका संक्रमणबाट निको भएकाहरुको रगतको प्रयोग पनि हो । त्यसअनुसार संक्रमणबाट निको भएका व्यक्तिको रक्तप्लाज्मामा भाइरस प्रतिरोधी एन्टीबडी हुने गर्छ र त्यसले संक्रमित व्यक्तिलाई कोरोनाविरुद्ध लड्न सहयोग गर्छ ।

कोभालेसेन्ट प्लाज्मा भनिने यो तरिकाले अमेरिकामा ५०० जना बिरामीहरुको सफलतापूर्वक उपचार भएको बताइन्छ । अहिले यो तरिका अन्य देशहरुम पनि अपनाइन थालिएको छ ।

कहिलेसम्म पत्ता लाग्ला उपचार ?

माथि उल्लेख गरिएका सबै तरिकाहरु प्रयोगात्मक चरणमा छन् र यो नै कोभिड–१९ को भरपर्दो उपचार हो भनेर ठोकुवाका साथ भन्न सकिने स्थिति छैन । फेरि यो रोगको विरुद्धमा कहिले औषधी पत्ता लाग्ला भनेर भनिहाल्न पनि हतारा नै हुनेछ ।

अहिले भन्न सकिने एउटै कुरा के हो भने यसदिशामा धेरै प्रयोगहरु भइरहेका छन् र आगामी केही दिनहरुमा अलि ठोस नतिजाहरु आउन थाल्नेछन्  ।

त्यसैगरी, यसका विरुद्ध खोप कहिले आइसक्ला भन्नेबारे पनि भनिसक्न हाल्ने स्थिति छैन । विभिन्न देशहरुले अहिले मानिसमा भ्याक्सिनको परीक्षण थालिसकेको स्थिति हो । तर त्यसको प्रभाव, असर र साइड इफेक्टहरुको विस्तृत अध्ययन नगरिकन आम रुपमा उपभोगको लागि त्यो आइहाल्ने स्थिति पनि रहँदैन । अहिले प्रयोग भइरहेको औषधीहरु पहिले नै प्रयोग भइसकेका र मानव प्रयोगका लागि सुरक्षित भनी प्रमाणित भइसकेको कुरा हुन् । त्यसको ठीक विपरीत अहिले शून्यबाट कोभिड–१९ का विरुद्ध खोप तयार गरिँदैछ र यसको प्रभावकारिता र मानवमाथि प्रयोग गर्न सुरक्षित छ कि छैन भनेर थाहा पाउनै बाँकी छ । स्मरण रहोस्, खोप भनेको कोभिड–१९ को उपचार नभई त्यो रोगको संक्रमणबाट मानिसलाई प्रतिरोधी बनाउने तरिका मात्रै हो ।

त्यसो त नोबेल कोरोनाभाइरसलाई नै लक्षित गरेर नयाँ औषधिहरु पनि निर्माण गर्ने कोशिश भइरहेका छन् र केही बनेका पनि छन् । तर ती औषधीहरु अहिलेसम्म प्रयोगशालामा मात्रै परीक्षण गरिएका छन् र मानवमा परीक्षण गर्नका लागि तयार भइसकेको छैन ।

कसरी भइरहेछ उपचार ?

कोभिड–१९ खतरनाक संक्रामक रोग त हो तर यसको मृत्युदर खतरनाक छैन । यसले खासगरी, इम्युन सिस्टम कमजोर भएका, पहिल्यै अरु रोगहरुले गालेका तथा उमेर बढी भएकाहरुका लागि घातक सिद्ध भएको छ । तर शारीरिक अवस्था राम्रो रहेका, अरु रोगहरुले नगाँजेका तथा इम्युन सिस्टम बलियो भएकाहरुको हकमा यो रोग खासै घातक देखिएको छैन ।

वैशाख १२ गते बिहानसम्ममा कोरोनाभाइरसका संक्रमितहरुको संख्या २,७१८,७९७ पुगेकोमा १९०,६५६ को निधन भएको छ भने ७,४५,८१३ जना निको भइसकेको छन् । हाल बाँकी रहेका संक्रमितहरु १७,८२,३२८ मध्ये  १७,२३,६५०( ९७ प्रतिशत) हल्का संक्रमणको अवस्थामा छ भने ५८,६७८ (३ प्रतिशत) मात्रै गम्भीर अवस्थामा छन् ।

यसको अर्थ के हो भने यो रोगको संक्रमण घातक छ तर यसको असर अहिले हामी आतंकित भएजस्तै घातक भने छैन । यो रोग लागिहालेमा पनि गम्भीर अवस्थामा बाहेक घरमै बसेर लक्षणअनुसारका उपचारहरु, आराम गरेर, प्रशस्त मात्रामा झोल पदार्थहरुको सेवन तथा ज्वरो आएको अवस्थामा पारासिटामोलको सेवन गरेर  तथा अरुलाई संक्रमण नसरोस् भनेर पूर्णतः आइसोलेसनमा बसेर निको पार्न सकिन्छ ।

गम्भीर लक्षणहरु जस्तै उच्च ज्वरो, सास फेर्न कठिनाई लगायतका लक्षणहरु देखिएको स्थितिमा विरामीलाई अस्पतालमा नै भर्ना गरेर अक्सिजन, भेन्टिलेटर लगायतका आपतकालीन उपचार विधिहरु पनि अपनाउनुपर्ने हुन सक्छ ।

कोभिड–१९ खतरनाक संक्रामक रोग हो, त्यसमा शंकै छैन । तर कोभिड–१९ भन्दा खतरनाक कुरा चाहिँ यसले विश्वव्यापी रुपमा पैदा गरिदिएको गम्भीर आर्थिक मन्दीको स्थिति हो । यसको उच्च संक्रमण दरका कारण र यसका विरुद्ध खोप–औषधिहरु बनिनसकेको स्थितिमा यतिखेर यसविरुद्धको सबैभन्दा प्रभावकारी उपाय नै लकडाउन भएको छ । लकडाउन लागू गरिएका स्थानहरुमा कोरोनाभाइरस संक्रमणको विस्तारको गतिमा ब्रेक त लगाएको छ, तर साथसाथै त्यसले अर्थतन्त्र र जनजीवनलाई ध्वस्त पनि बनाउँदै गइरहेको छ । यो स्थितिबाट मुक्ति पाउनका लागि पनि कोरोनाको विरुद्ध खोप वा औषधि बन्नै पर्छ । खोप वा औषधि बनेको स्थितिमा कोरोनाले पैदा गरिदिएको अहिलेको प्रतिकूल स्थिति हट्दै त जानेछ नै, साथसाथै, त्यसले अहिले सबैभन्दा खतरनाक रुपमा देखापरेको कोभिड– १९ पनि अरु अरु रोगहरु जस्तै सामान्य वा मध्यम रोगको रुपमा परिणत भएर जानेछ ।

स्रोतहरु कोभिडसेन्टरबीबीसीडीडब्ल्यू, वर्ल्डोमिटर

प्रकाशित मिति १२ बैशाख २०७७, शुक्रबार १४:२०