काेरियामा पहिलाेपटक बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउने

दक्षिण काेरियामा पहिलाेपटक बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउने भएकाे छ । पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले नेपाली नयाँ बर्ष २०७६ काे अवसरमा बृहत सांगीतिक कार्यक्रमकाे आयोजना गर्ने भएको हाे ।

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा बृहत सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने उदेश्यले कार्यक्रमकाे आयोजना गर्न लागेकाे जानकारी समाजकाे अध्यक्ष अमृत राईले दिएकाे हाे । कार्यक्रम यहि अप्रिल २१ तारिख आइतबारको दिन हुनेछ । कार्यक्रममा चर्चित रियालिटी शो भ्वाइस अफ नेपालका विजेता सिडि विजय अधिकारी र चर्चित गायिका श्रेयसी चेम्जोङको बेजोड प्रस्तुति रहनेछ जनाकारी दिदै अध्यक्ष राईले भने “यसरि काेरियामा बृहत रूपमा नेपाली नयाँ बर्ष मनाउन लागेकाे पहिलाे पटक हाे । त्यसैले सम्पुर्ण नेपालीहरूलार्इ उपस्थितिकाे लागी अनुराेध गर्दछु ।”

कार्यक्रम दोङ्देमुन स्थित 종로구민회관(नेवा पुच:ले सलनालमा कार्यक्रम गरेको, डण्डिबियो, चङ्गा चेट, छक्कापञ्जा ३ फिल्म प्रदर्शन गरिएको) हलमा गर्न लागिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम सफल बनाउनका लागि कोरियामा रहेका सम्पूर्ण नेपाली बुद्धिजीवी, लब्धप्रतिष्ठित व्यक्तित्व, व्यापारी व्यवसायी, संचारकर्मी, खेलाडी, विद्यार्थी एवम विभिन्न पेसामा आबद्ध नेपाली जनहरुमा आयोजकले अनुरोध गरेको छ।

प्रकाशित मिति १९ चैत्र २०७५, मंगलवार १५:०७