कृषि विकास बैंकको शाखा सोताङमा

सोलुखुम्बु, फाल्गुन २२ । कृषि विकास बैंकको शाखा सोताङ गाँउपालिकामा
उद्घाटन गरिएको छ ।
मंगलबार गाँउपालिका अध्यक्ष वीर बहादुर राईले बैँकको उद्घाटन गर्नु भएको थियो । राईले बैंक संचालनमा आएपछि सहज हुने बताउनु भयो ।
कृषि बैँकको शाखा विस्तार भएसंगै बैकिंङ कारोबारको लागि सल्लेरी धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय स्तरका नागरिकमा बचत गर्ने बानीको विकासका साथै विकासका आयोजना कार्यान्वयनका लागि पनि थप सहज हुने अपेक्षा राखिएको छ ।

Source: Himal Fm.

प्रकाशित मिति २२ फाल्गुन २०७५, बुधबार १०:५६