कोरियाको पशुपालन प्रविधि एक अनुभव

तॅपाई के” डिजिटल एनिमल फार्मिंङ्” अर्थात बिद्युतिय पशुपालन को कुरा पढ्न र सुन्न चाहानु हुन्छ ?आउनुहोस कोरियामा मैले देखेको मात्र होईन भोगेका केहि अनौठा लाग्ने आधुनिक व्यावसायिक पशुपालनका जानाकारीहरु पस्केको छु।
ऑखामा हरियो घाॅस देखाएर मुखमा सुकेको पराल खुवाउनी तरिका होस वा स्विच थिचेर पराल गाईको डुॅडमा आउनी व्यवस्था । बडा अचम्मका छन।गाईको उमेर अनुसार दाना अडकल्ने मेशिन अझ अव्वल छ।गर्मिमा पंखा जाडोमा न्यानो हुने वातानुकूलित गोठ छन।पानी चिसो या तातो गाईको रोजाइमा मा भर पर्छ।
काममा ठग्ने त चान्स हुदैन ।साहुले ठुलो स्क्रिनमा सवै गोठका गाई नियालीरहेको हुन सक्छ l छड्केमा पर्नुहोला।गोठमा को आयो को गयो सिसि क्यामराले कैद गर्छ।अस्पताल जस्तै प्रसुति वार्ड बच्चा वार्ड अपाड़ग वार्ड बयस्क वार्ड फरक फरक छन।कहिले स्कुलमा जस्तै उमेर अनुसार कक्षा चढ्दै गएकै शैलिमा एउटा खोरका बाच्छा बेच्ने बेलासम्म 13 वटा फरक खोरमा ( कक्षा )बस्नु पर्छ।
एआई अर्थात कृतिम गर्भाधान गर्दाको बखत नै डाक्टरले दिने बिल सहितको कागजमा व्याउने दिन उल्लेख हुन्छ ।रोचक कुरा के पनि देखियो भने गाईलाई खुसि बनाउन बहर पनि लगाउने तर बहरको बिर्य संकलन गरिने रहेछ।प्रसुति बेथा लागेपछिको एक घन्टामा डोरीको साहयताले तान्नै पर्ने रहेछ।किनकी प्रसुति छिटो र कम जोखिमपूर्ण हुॅदोरहेछ।जन्मेको बाच्छा बाच्छीलाई गाईले चाटेपछि सफा कपडा लगाई दिदा रहेछन।लिड़्ग पहिचान गरेसि बहर (सुन्नम)भएमा साहु खुसि हुन्छन।किनकि मासु महड़गो छ।सिड़ नउम्रनी दबाई लाउनी रछन।
मासु खानि गाई हुन भने दुध पुरै वाच्छाले खान्छन भने दुध उत्पादनलाई आवश्यक मात्रा दुध दानीले खुवाईन्छ।
तिनसय वटा गाई पाल्ने किसानले गोबर कुल्चनु पर्दैन।के यो संभव होला।छ हातमा पन्जा खुट्टामा गमबुट अनिवार्य छ।गोवर दिनहु फाल्नी त काम नभए र पो रच।धानको भुस हालेसि दुइ महिनाको अन्तरालमा बल्ल डोजरको साहयताले फालिन्छ।प्राय गोवर नबिग्रन छोपेर राखिन्छ।गोवर कम्पनिले स्काभेटर लोडरको साहयताले लगेर तयारी प्याकेटवाला मल बनाउछन।

नेपाली टाईम हो र?दाना जुनसुकै समयमा दिनलाई याॅहा बिहान ५ बजे र बेलुकि करेट चार बजेदिनै पर्छ।पराल पानी यथास्थानमा अनिवार्य हुनै पर्छ ।क्यलेन्डरमा प्रतेक गाईको छुट्टै विवरण हुन जरुरी छ।सरोकारवालाहरुको अनुगमनमा कहि कतै मापदन्डमा कमिकमजोरी देखिएमा ढाड सेकिने गरी जरिवाना तिराईन्छ।
छाडा चरिचरनको कोरियामा कल्पना नगरे हुन्छ । आआफ्नो गोठ भन्दा बाहिर बस्तु गएमा पुलिसले देखेमा जफत हुन्छ ।गोवर बोक्ने गाडीले सडकमा कतै चुहाएमा पछि फेरी सफा गर्छन।
पशुपालक किसान गोबरगणेश होईनन।यि एनिमल साईन्स पढेका बिज्ञ किसान हुन।सग्लो गाईको पेट चिरेर आन्द्राको प्लास्टिक सर्जरी सामान्य किसानले गरेको देखियो।सुई लाउनि खसि पार्नी लगायतका काम देखि आधुनिक औजार चलाउने भै परी आउनी सवै काममा किसान बिज्ञ हुनै पर्छ ।हाम्रा किसान जसरी दुखि गरिव किसान हजुर! भनेर यिनलाई कतै छुट पाउनु छैन।
दुध न मुतको एउटा डाड़रो झुन्डाएर मात्र किसान हुदैन।जस्ले मापदण्ड अनुसार आफ्नो प्रगतिको साथै प्ररयाप्त कर तिर्न सक्नु पर्छ।घर गाडि लगाएतका व्यक्तिगत बिलसिताका साधन प्रयोग गर्न सक्षम हुनु पर्छ।जस्कोलगि एउटा गाईको हेरचाहा गर्ने र २०वटाको व्यवस्थापन एउटै हो।कोरीयामा तिनसय वटा गाई एउटै व्यक्तिले सजिलै पाल्न सक्छ ।सिस्टमले काम गर्ने वातावरण र पशुपालनले पनि जिवनमा संवृधिको आगमन हुन सक्छ भन्नी दृढ अठोटका साथ काम गर्र्नु जरुरी छ।
६मिटर चौडाई १२ मिटर लम्बाई मा ९वटा गाइ अटाउछन।लगभग नेपालमा बोईलर कुखुरा स्टाईल हो भन्दा फरक पर्दैन।न दाम्लो चाईने न किलो ठोक्नु पर्नि फलामे खोरमा थुनेसि भयो। बडा गज्जवको कुरा के छ भने खान बस्नको सुविधा भएसी गाई पनि कराउदा रहेनछन।मार्चे रिसाहा लात्ता पनि कम हान्दा रहेछन।
पशुपतिनाथको देसमा छाडा छोडने साॅढे होइन व्यवस्थित पशुपालन गरेर देसलाई दुध मासुमा आत्मनिर्भर बनाउन सकिन्छ।देस भित्रैका गाई खाने समुदायलाई निर्बाध खान दिनु पर्छ। पर्यटक लगाएतले खान के भयो?हिन्दुले नखॉउ भैहाल्यो।गुरबाहरुले गाई दान लिनै छोडे।गाईको अपमान त बाउन बाटै भएको छ।सडकमा छाडिएको दुनियॉले लखेटेको गाई पछयॉउदै जानुस त्यो कुनै पंडितले लैनु भईन्जेल खाएर दुध आउन छोडेपछि बेवारिसे बनाएर छोडेका उदाहरण छन। गौमाताको संरक्षण गर्नु पर्छ।हिन्दुले खान हुदैन।पुजा गर्नुपर्छ।राश्ट्रिय जनावरको सम्मान गर्नु पर्छ।यसको अर्थ परम्परागतरुपमा खॉदै आईरहेका जाती समुदायलाई बंचित गर्ने कुरा मलाई ठिक होईन कि भन्ने मेरो मनशाय हो।

कोरियाको जस्तै गर्छु भनेर संभव नहोला १ प्रतिशत मात्र लागु गर्न सके कोरियामा कामदार नेपालमा साहु हुन कत्तिवेर लाग्दैन।सबै कुरा जानेर मात्र नहुनि रहेछ काम गर्नि बाताबरण पनि हुनुपर्छ।फुर्सतिला हामि नेपालीले काम गर्ने मेसो नै पाएनौ।मिठो दुध खान गोबर सोहोर्न तयार हुनै पर्छ।भविष्य हाम्रो हातमा छ ।

प्रकाशित मिति ५ भाद्र २०७६, बिहीबार १७:१३