कोरियाबाट चार्टर विमानमा नेपाल जान लागेका ३८ यात्रु इन्छन विमानस्थलमै रोकिए

दक्षिण कोरियाबाट शुक्रबार (सेप्टेम्बर ४तारिख ) नेपाल जान लागेका यात्रुहरुमध्ये ३८ जना इन्छन विमानस्थमै रोकिएका छन् । विमानस्थलका सुरक्षा व्यवस्थापनले कोरोना टेष्ट पिसीआर रिपोर्टमा विभिन्न त्रुटी भएको कारण देखाई उनीहरुलाई रोकेका हुन् । केएमइ ट्राभल एण्ड टुर्सद्धारा चार्टर गरिएको कोरियन एयरबाट उनीहरु नेपाल जान लागेका थिए ।

कोरोना टेष्ट गरेको ७२ घण्टा नकटेको हुनुपर्ने भएकाले पिसिआर रिपोर्टमा जाँच गरेको मिती र रिपोर्ट आएको मिति उल्लेख नभइको , कुनैमा पिसिआर रिपोर्ट नलेखी कोरोना नेगेटिभ मात्रै लेखिएको , कतै अस्पतालको आधिकारीक तोक नभएको, कसैलाई रिपोर्ट फोटोकपि भएर मान्यता नदिएको अनि कसैलाई उच्च शारीरीक तापक्रमको कारण देखाएर यात्रुहरुलाई रोकिएको थियो ।

ट्राभल कम्पनीले फेसबुक पेजमा सुचना जारी गर्दै विमानस्थलमा रोकिएका यात्रुहरुलाई उचित व्यवस्थापन गरी तालिका अनुसार आगामी उडानमा नेपाल पठाइने आश्वासन दिएका छन् । रोकिएका यात्रुहरु आक्रोशित हुदै कोरियामा रहनुजेलसम्मको सम्पुर्ण व्यवस्था ट्राभलले गर्नुपर्ने माग राखोका थिए । शुक्रबार कोरियन एयरमा निश्चित भएका २३७ यात्रु मध्ये १९९जना मात्रै नेपाल जान सकेका छन् ।

प्रकाशित मिति १९ भाद्र २०७७, शुक्रबार १८:०३