कोरियामा पहिलो पटक २ जना नेपालीलाई देखियो कोरोना भाइरस संक्रमण

दक्षिण कोरियाको चुङ्चेनाम स्थित एक खिम्ची कम्पनीमा काम गर्ने २ जना नेपालीलाई कोरोना सक्रमण पुष्टि भएको छ । समाचार एजेन्सी योंघापका अनुसार उक्त कमपनीमा काम गर्ने २० बर्षीय नेपाली युवतीमा फ्लु जस्तो लक्षण देखिएपछी नजिकैको स्वास्थ्य केन्द्रमा जांच गराउदा कोरोना भाइरसको पुष्टि भएको हो ।

स्वास्थ्य अधिकारीका अनुसार उनी संगै काम गर्ने अर्का एक नेपाली सहित १७ जनामा सामुहिक संक्रमणको पुष्टि भइसकेको छ । उनि संग नजिक समपर्कमा आएका १ सय ३१ जनाको कोरोना परिक्षण भएपनि रिपोर्ट आउन बाकी रहेको बताइएको छ ।

नेपाली युवतीमा कोरोना संक्रमणको पुष्टि भएतापनि उनलाई कहाबाट संक्रमण भयो भन्ने बारेमा भने अझै प्रमाणित हुन सकेको छैन ।

उक्त कम्पनी बाट उत्पादित १० टन खिम्चीको निर्यात खारेज गरिएको छ भने यसभन्दा पहिला कोरियाको ह्वासंग , थेजन , छनान, जेजु लगाएतका क्षेत्रमा निर्यात गरिएको ४० टन खिम्ची नष्ट गर्ने तयारीमा रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति १८ भाद्र २०७७, बिहीबार १९:१७