ओखलढुंगा, असोज २८ । जिल्लाको मोलुङ गाउँपालिका ६ श्रीचौरका रिन्जी शेर्पाले कोरोनाका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
योलुङ खोला लघु जलविद्युत योजनाका संस्थापक समेत रहेका शेर्पाले ३ लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेका हुन् । उनले श्रीचौरको चेप्टे र बुर्दिम्मा टोलमा प्रति घर १ बोराका दरले १ सय १५ बोरा चामल, १ लिटरका दरले तेल सहयोग गरेका थिए ।
विगत लामो समयदेखि गाउँमा सामाजिक सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार १८:५३