no-image

-मनोज भट्टराई ।
– उदयपुर नेपाल घर भएकी लक्ष्मी थापा अहिले लिस्वन बस्छिन । काेराेनाले घरमा थुनिएको अवस्थामा पनि उनी फुर्सदमा छैनन् । अहिले लक्ष्मी मुलाकाे अचार बनाउन व्यस्त छिन । लकडाउनले घरमा थुनिएको अवस्थामा टिकटक र माेवाइलमा बितेकाे समय सदुपयोग गर्दै घरकाे स्वादमा मुलाकाे अचार बनाएर बेच्न थालेकी छिन । लक्ष्मिले बनाएको अचार लिस्वनकाे रेस्टुरेन्टहरुमा पाइने खाना सेटमा पस्किएका छन । मुलालाइ चाना बनाएर घाममा सुकाएपछि ताेरिकाे गेडा पिसेर, मरमसाला हालेर बनाइएका मुलाका अचार खाने जाे काेहि “वाह ” क्या स्वादिलो अचार भनिहाल्छन लिस्वनमा लक्ष्मिले बनाएकाे अचार बेचिरहेका एक जना रेस्टुरेन्ट व्यवसायीले भने ।

त्यस्तै चितवन घर भएकि सरिता शर्मा पनि लकडाउनमा बेकामे हुनुहन्न । आफुसग रहेकाे सिपलाइ याे काेराेनाकाे कहरले झन तिखारि दियाे । अहिले उनी दिनको ४० वटा सम्म मास्क अनि कपडाको झाेला पनि सिलाउछिन । आफुले बनाएकाे मास्क मन पराएर लगाउनेले राम्रो प्रतिक्रिया दिएकाे समेत सरिताले बताइन् ।
उनले बनाएकाे मास्क विशेषगरी लिस्वनकाे एउटा INGO मार्फत अफ्रिकी मुलुकसम्म पुग्छन । त्यसैगरी केहि लिस्वन बस्ने नेपाली पनि उनका ग्राहक छन ।
उता चितवन घर भएकी शाेभा सापकोटा लिस्वनमा म:म बनाउछिन । उनकाे अलकान्तामा म:म स्टाेर छ । घरमा थुनिएको बेला घरमा केही नयाँ प्रयोग गरि हेर्न फ्रोजन म:म: बनाएर बेच्न सुरु गरेका सापकोटा दम्पती अहिले त्यसैमा व्यस्त छन । लिस्वनमा सापकोटा दम्पतीले बनाएकाे म:म धेरैले मन पराएका छन ।

विश्वभरि काेराेनाकाे कहर चलिरहदा केही महिला भने स्वावलम्बी बन्ने काेसिस गरिरहेका छन । अहिले लगभग सबै जना घरमा थुनिएको बेला केही उद्दम गरेर समय र सिपको सहि सदुपयोग गरिरहेका छन ।

प्रकाशित मिति २९ जेष्ठ २०७७, बिहीबार २०:५६