खिजिदेम्बामा जसपाको सक्रियता बढ्दै

दावा जाङ्बु शेर्पा/ ओखलढुंगा, माघ १४ गते । पछिल्लो समय ओखलढुंगाको खिजिदेम्बामा जनता समाजवादी पार्टीको सक्रियता बढ्दै गएको छ ।

नेपाली काँग्रेसका युवा नेता गम्बु शेर्पा जसपामा प्रवेश गरेपछि खिजीदेम्बामा पार्टीको सक्रियता बढ्दै गएको हो । जनता समाजवादी पार्टीले पहिचान, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, समाजवाद, सुशासन, कार्यकारी राष्ट्रपति प्रणाली जस्ता नीति अघि सारेकाले यो सिद्धान्त प्रति आकर्षित भएर पाटी प्रतिको मोह, अस्था बढ्दै गएको जनता समाजवादी पाटीका अभियान्ता आङ दावा शेर्पाले बताए । संसदिय प्रणालीबाट देशको समृद्धि नभएका कारण अब प्रत्यक्ष कार्यकारी निर्बाचित रास्ट्रपति र प्रधानमन्त्री प्रणालीबाट अगाडी बढ्न पर्ने उनको भनाई छ ।

काँग्रेसका सकृय सदस्य समेत रहेका शेर्पा सजपामा खुलेर लागे पछि गाउँपालिकामा काँग्रेसलाई धक्का पुगेको छ भने बाँकी रहेको नेकपामा पनि केही समयमा एकखालको भुकम्प आउन लागेको सजपाका नेताहरु बताउँछन् । सकृय राजनीतिक यात्रा सुरु गरेका गम्बुले आफ्नो गाउँको विकासकालागि सजपामा रहेर निरन्तर लागि परी रहने बताएका छन् । गाउँपालिकामा पार्टीको राजनीतिक सचेतना अभियानको क्रममा उनले पार्टी प्रवेशको लहरले आगामी चुनावमा गाउँपालिका आफ्नो कव्जामा पर्ने समेत बताएका छन् । कांग्रेस र नेकपाले जनताका पक्षमा काम गर्न नसकेकाले वैकल्पिक शक्तिका रुपमा जनता समाजवादी पार्टी उदाउने उनको तर्क रहेको छ ।

खिजीदेम्बाका केही वडामा पार्टीले घरदैलो कार्यक्रम सकेको र बाँकी वडामा चाडैं राजनीतिक सचेतना कार्यक्रम गर्ने जसपा खिजीदेम्वाले जनाएको छ । गाउँपालिकाका हरेक वडामा घरदैलो कार्यक्रम सकेपछि गाउँपालिका केन्द्रमा बृहत पार्टी प्रवेश कार्यक्रम हुने बताईएको छ । शेर्पा समुदायको वाहुल्यता रहेको गाउँपालिकामा पछिल्लो समय पहिचान सहितको संघियता, पुर्ण धर्मनिरपेक्ष, पुर्ण समावेशी राज्य गणतन्त्र बहुभाषिक नीति एजेन्डा लिएर जनता समाजवादी पार्टीले घरदैलो अभियान गरि रहेको छ ।

प्रकाशित मिति १४ माघ २०७७, बुधबार ०८:४९