खुम्बु पासाङल्हमु गाउपालिकालाई काग्रेस नेता कार्कीको स्वास्थ्य सामाग्री सहयोग

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एब समाजसेवी प्रकाशशिह कार्कीले आज प्रदेश न १ अन्तरगत सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउपालिकाका स्वास्थ्य सस्थाहरुलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको छ ।

काठमाडौंमा आयोजित भेटघाट तथा अन्तर्कृया कार्यक्रममा पार्टीका गाउपालिका नेताहरुलाई स्वास्थ्य सामाग्री (थर्मल गन्,सर्जिकल मास्क्, सेनिटाइजर र पिपिइ) उपलब्ध गराइएको हो ।

सोलुखुम्बु जिल्लाको नगरपालिका र हरेक गाउपालिकालाई कार्कीले स्वास्थ्य सामाग्री बितरण गरी सक्नु भएको छ । उहाले लकडाउनको समयमा काठमन्डौमा रहेका सोलुबासीलाई आफ्नै ब्यक्तिगत खर्चमा राहत वितरण गर्नु भएको थियो ।

भेटघाट कार्यक्रममा नेता कार्कीले यो समयमा पार्टिले एकतावद्द भएर चुनौतीको सामना गर्नु पर्ने बताए ।

प्रकाशित मिति १२ असार २०७७, शुक्रबार १९:२५