खुम्बुमा नेकपाका तत्कालिन सचिव सहित १११ नेपाली कांग्रेसमा प्रवेश

सर्बोच्च शिखर सगरमाथा रहेको खुम्बु पसाङ ल्हमु गाउँपालिका वाड नम्बर 4 खुम्जुङ मा नेकपाका नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने ओहिरो लागेको छ ।
शनिबार खुम्जुङमा नेपाली कांग्रेसको गाउँपालिका कार्यसमितिले आयोजना गरेको चियापान तथा पार्टी प्रवेश कार्यक्रममा सत्तारुढ दल नेकपा परित्याग गरि १११ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेको छ । उहाँ हरु सत्तारुढ दल नेकपाको कार्याकर्ता भएता पनि नेकपाको एक लौटि निर्णय बाट वाक्क भएर नेपाली काङ्ग्रेस प्रवेश गरेको नवप्रवेशीहरूले बताएको छ ।
उक्त कार्यक्रममा नेकपा खुम्बु पसाङ ल्हमु वाड 4 को तत्कालीन वाड सचीव पसाङ दावा शेर्पा , पुर्ब नेकपा एमालेको वाड अध्यक्ष तेन्जिङ टासि शेर्पा , प्रत्यासी नेकपाको वाड अध्यक्ष कान्छा नुरु शेर्पा र वाड सदस्य हरु फुरा टाशि शेर्पा , सोनाम शेर्पा र महिला वाड सदस्य ङावाङ डाेमा शेर्पा हरुको नेतृत्वमा १११ जना काङ्ग्रेस प्रवेश गरेको नेपाली कांग्रेसको खुम्बु पसाङ लहमु गाउँपालिका कार्यसमितिको प्रबक्ता पासाङ शेर्पाले जानकारी दिनु भयो ।

नवप्रवेशीहरूलाई खुम्बु पसाङ ल्हमु नेपाली काङ्ग्रेसका सभापति पेम्बा छिरिङ शेर्पा, आदिवासी जनजाति महासंघका का केन्द्रिय सदस्य आङ छिरिङ शेर्पा । नेपाली कांग्रेसको गाउँपालिकाको प्रत्यासी नेता चुङ्बा शेर्पा । सोलुखुम्बु जिल्ला काङ्ग्रेस समितिको उप सभापति प्रेम थापा मगर लगायत नेपाली काङ्ग्रेसका नेता हरुले स्वगत गरेको खुम्बुका लाक्पा गेल्जेन शेर्पाले जानकारी दिनु भयो

प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार ०८:४२