खोटाङमा ‘समाजवादी विधार्थी फोरम’ गठन

संघीय समाजवादी फोरम नेपालको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम’ खोटाङको नयाँ कमिटि गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित सरस्वती माविमा अमिसा राईको अध्यक्षतामा १६ सदस्य कमिटि गठन भएको छ ।

बुधबार गठित कमिटिको उपाध्यक्षमा निर्मता कालिकोटे, सचिवमा तेजेन्द्र राई, सहसचिवमा निरुता कालिकोटे र कोषाध्यक्षमा विमला गजमेर चयन हुनु भएको समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिए ।
समायोजन खबर बाट साभार

प्रकाशित मिति २० भाद्र २०७५, बुधबार १९:२६