गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नं- १० कपनमा गायक प्रबल थापाको नयाँ म्युजिक भिडियो छायांकन भएको छ ।


“मनिषा” बोलको उक्त गीतका गीतकार अनिर तामाङ हुन भने संगीतकार ईजाज अलि हुन ।

सन्तोष थापा र ओसिस केसीको मुख्य भुमिकामा रहेको उक्त भिडियोको निर्देशक तेन्जिङ भोटियाले गर्नु भएको छ ।

उक्त भिडियोको बुनपा- १० मा रहेको तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुल, दि केभ क्याफे र बालुवाखानी चोकमा रहेको पानी पुरी पसलहरुमा मुख्य दृश्यहरु छायांकन गरिएको छ।

प्रकाशित मिति ४ असार २०७६, बुधबार १६:३२