काठमाडौँ २३ माघ । छिरिङ डोल्मा शेर्पाले मिसेस नेपाल टुरिजम २०१९ को ताज आफ्नो पोल्टामा पारेकी छन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा बिवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ डोल्मा शेर्पाले उक्त ताज जितेकी हुन् । शिक्षण पेशामा रहेकी छिरिङ डोल्मा शेर्पाल बौद्ध फुलबारी टोलकी हुन् । छिरिङ डोल्मा शेर्पाले मिसेस नेपाल टुरिजम २०१९ को उपाधी हात पार्नुका साथै बेस्ट हेयर टाइटल समेत जित्न सफल भइन् ।
प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर्सअपका साथ मोस्ट ट्यालेन्ट, एक फाइनान्स कम्पनीको मेनेजिङ डाईरेक्टर रहेकी महाराजगञ्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर्सअप बेस्ट पर्सनालिटी, फाइनान्स अफिसर रहेकी कलंकीकी मुक्ता सेडाई थर्ड रनर्सअप र वेष्ट स्कीनकी विजेता भइन्। त्यसै गरी महाराजगञ्जकी प्रोजेक्ट इन्जिनियर संगीता गौतम पब्लिक च्वाईसका साथमा भिवर्स च्वाईस र फेसबूक च्वाईस भइन् भने रोशनी अयर युट्युब वेष्ट भ्युज र मष्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट ¥यामवक, सबिता थापा गिरी, बेस्ट कन्जीनियलिटी, कर्सन राई मष्ट गर्जियस, र समिक्षा लामिछाने मिसेस व्युटिफुल भए।
कोरियोग्राफर अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा भएको प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ तथा मिसेस नेपाल इन्टरनेशनल २०१८, अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, पेन्टागन कलेजका डाइरेक्टर डा। एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेका थिए । प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व प्रधानमन्त्री खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Source: janta live