टोकियोमा मन्त्री पुन र निर्देशक घिसिङकाे उपस्थितिमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो । प्रवासी नेपाली एकता मञ्च जापानको आयोजनामा वृहत अन्तक्रिया कार्यक्रममा सम्पन्न भएको छ । मंगलवार टोकियोमा  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपाल विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ उपस्थितिमा वृहत अन्तक्रिया कार्यक्रममा सम्पन्न भएका छन । मन्त्री वर्षमान पुन र कुलमान घिसिङ समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयक वृहत अन्तक्रिया कार्यक्रममा सहभागि हुनुभएका हो । ऊर्जामन्त्री पुनको प्रमुख आतिथ्यता र घिसिङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो ।  कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएन अध्यक्ष भवन भट्ट लगायत जापानको विभिन्न् ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ,सरकार समृद्धिको यात्रामा अघि बढेको बताउदै सरकारको यात्रामा सहकार्य गर्न जापानबासी नेपालीको पनि भूमिका रहेको उल्लेख गर्नुभयो । मन्त्री पुनले समृद्धिको नारा पुरा गर्न सरकारले शुशासन, गरिवी निवारण र उद्यमशिलतालाई प्राथामिकतामा राखेर काम गरेको बताउदै विकास र समृद्धि सापेक्षित रुपमा हुने बताउनुभयो । जापान भ्रमणमा रहनुभएका मन्त्री पुनले जापानीजहरु नेपालमा लगानी गर्न इच्छुक भएकोले वातावरण मिलाउन समेत आग्रह गर्नुभयो । जापानी विकास नियोग (जाईका) को निमन्त्रणामा मन्त्री पुन ४ दिने भ्रमणका लागि जापान आएको कार्यक्रम संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।

भ्रमणमा मन्त्री पुनले जापानका बिभिन्न ब्यक्तित्वहरुसंग उच्च स्तरीय भेटघाट गरि ऊर्जाकै विषयमा छलफल हुने बताईएको छ । मन्त्री पुन २७ तारिख शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । अन्तर्कृया कार्यक्रम आयाेजकहरुमा राम्राे तयारी नहुनाले र निर्धारित समयभन्दा क़रीब २घण्टा ढिला सुरु भएकाे थियाेआसनग्रहणकाे क्रममा मर्यादाक्रम र केही घटबढी भएकाेले सहभागी तथा अतिथिहरु सामान्य रुपमा आक्राेश देखियाे ।अन्तकृया सेसनमा धेरैले बाेल्न माैका पाएकाे थिएन किनकि अन्तर्कृयाकाे लागि अत्यन्त छाोटाे ९-९:३०सम्म मात्र समय ताेकिएकाेले एक राेबाट ३ जना प्रतिब्यक्ति १ मिनेट निर्धारण गरिएकाे थियाे ।ढिला कार्यक्रम हुदा आयाेजकलाइ अन्तमा समय ब्यबस्थापन गर्न सास्ती भएकाे धेरैले महसुस गरे ।

जापानमा हुने नेपाली कार्यक्रम अधिकाँश निर्धारित समयभन्दा केही ढिला गरी सुरु हुन्छन ।हामी सबैमिलेर यस्ता कमीकमजाेरी हटाइन प्रयास गर्न सके कार्यक्रम उद्देश्य मुताबिक़ हुन सक्नेमा दुइ मत देखिदैन
भिडियाे तल हेर्नुहाेस

प्रकाशित मिति ८ आश्विन २०७६, बुधबार ०६:०८