ताइवानमा रेल दुर्घटना १८ जनाको मृत्यु १७० जना घाइते

ताईवानको उत्तर पूर्वी क्षेत्रमा भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टीमा दुर्घटना हुँदा १ सय ७० भन्दा बढी घाइते भएका छन् । ८ डिब्बा रहेको सो रेलमा ३ सय ६६ जना यात्रु सवार थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ताइवानको रेल सञ्जाल अत्यन्त ठूलो मानिन्छ । जसमा हरेक दिन ५ लाख भन्दा बढी रेल सञ्चालन हुने गर्छन् ।

प्रकाशित मिति ५ कार्तिक २०७५, सोमबार ०९:५१