तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले छैठौं बार्षिकोत्सव तथा अधिवेशनको उपलक्ष्यमा नेपाली तामाङ राष्ट्र समुदायको आफ्नो मौलिक भाषा,लिपि , धर्म ,भेषभूषा, कला, संस्कार संस्कृतिको विकास प्रबर्द्धन र सम्बर्धन गर्ने मुख्य लक्ष्य र उद्धेश्यका साथ अन्तर्राष्ट्रिय नेपाली तामाङ राष्ट्र भाषाको गित संगित टिकटक मन्जुश्री संवत् २८५६ (२०२०) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

विश्वभरबाट तामाङ लगायत समस्त तामाङ भाषाको गित संगितप्रेमी नेपाली दाजुभाइ तथा दिदीबिहिनीहरुले प्रतियोगितामा भाग लिन सकिने घेदुङ इजरायलले जनाएको छ । प्रतियोगितामा बिजेताहरुलाई प्रथम पुरस्कार नगद बिस हजार,दोस्रो पुरस्कार दश हजार,तेस्रो पुरस्कार पाँच हजार सहित प्रमाण पत्र र प्रतियोगिहरू सबैलाई प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।

प्रतियोगिताको निम्ति प्रतियोगिहरूले २ अक्टोबर २०२० शु्क्रबार देखि अक्टोबर १५ तारिख इजरायलको समय रातको १२ बजे सम्ममा तामाङ राष्ट्र भाषाको टिकटक भिडियो आयोजकलाई उपलब्ध गराई सक्नुपर्नेछ । प्राप्त भिडियोहरू अक्टोबर १७ तारिख देखि नेपाल तामाङ घेदुङ,इजरायलको पेजमा पोष्ट गर्नेछ । उक्त पेजबाट सार्बजानिक गरिएको दिन देखि अन्तिम नोभेम्बर १२ तारिख बेलुकी १२ बजे सम्मको लाईक भिडियोलाई मात्रा मान्यता दिईनेछ ।

अन्य थप अपडेट जानकारी,प्रतियोतिताहरुको भिडियो र नेपाल तामाङ घेदुङको आधिकारिक पेजको Click Here लागि गर्नुहोला ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०७:०८