तेङबोचे गुम्बाका रिन्पोच्छेको महापरिनिर्वाण

काठमार्डौ। तेङबोचे गुम्बाका रिन्पोच्छे ङावाङ तेञ्जिङ साङपोको महापरिनिर्वाण भएको छ । असोज २४ गते विहान १२ः०० धर्म साङपोले महापरिनिर्वाण (निधन) भएको हो ।

खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ मा रहेको गुम्बाका प्रमुख लामा समेत रहेका रिन्पोछे बौद्ध धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्दै खुम्बु क्षेत्रको पूर्वाधार विकास, सामाजिक आर्थिक विकास तथा वातावरण संरक्षणमा समेत अग्रणी भूमिका निर्वाह गरेको खुम्बुपासाङल्हमु गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासी ल्हमु शेर्पाले बताए ।

प्राणी जगतका रक्षक तथा शान्तिका नायक धर्मगुरु रिन्पोछेको महापरिनिर्वाण प्रति खुम्बु पासाङल्हमु गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा साङपोको शिघ्र पुनर्आगनको कामना समेत गरेको कार्यावाहक अध्यक्ष शेर्पाले जानकारी दिए ।

-शेर्पाखबर

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार १६:४६