दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा एक नेपालीको मत्यु भएको छ । बिहीबार बिहान रौतहटका संजय बिकको मृत्यु भएको हो । उनी १० महिना देखि हेपाटाइटिस रोगको उपचार गाईरहेका थिए ।

३५ बर्षिय बिक पर्यटन भिषामा कोरिया आएर यतै बसेका थिए । उनको श्रीमती र एक छोरा छन् । ‘उपचार गर्न थालेको पनि झन्नै एक वर्षै हुन थाल्यो । आर्थिक रूपमा पनि विभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।’ नेपाली सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले भनिन् । ‘राम्रो हुन्छ जस्तो पनि भएको थियो । तर हाम्रो आशा निराशामा परिणत भो । आज बिहान उहाँको निधन भयो । हामी सबै नेपाली दुखी छौं ।’ उनले थपिन ।

मृतक विश्वकर्माको श्रीमती पनि कोरियामै छिन् । परिवारको सल्लाहमा कोरियामै दाहसंस्कार गर्ने निर्णय भएको समेत अध्यक्ष केसीले जानकारी गराएकी छिन् ।

-फोनिज कोरिया

प्रकाशित मिति २८ कार्तिक २०७६, बिहीबार १७:१६