दावा एभेन्चर प्रा. लिद्वारा बालबालिकालाई कपडा वितरण

दावा एभेन्चर गेयर प्रा.लि ले सा साना बालबालिकालाई ज्याकेट वितरण गरिएको छ । एकिकृत सिर्जनशील समाज नेपालका ५४ बालबालिकालाई कपडा वितरण गरिएको हो । दावा गेयरका प्रबन्द निर्देशक दावा टाशी शेर्पा र फुरल्हमु शेर्पाले शनिबार जाडोमा लगाउने न्यानो ज्याकेट वितरण गरिएको हो । सन् २०१४ अप्रिल १८ मा सगरमाथामा भएको हिमपहिरोमा परि गाईते भएका शेर्पाले आफ्नो कम्पनिको नाम सहित ज्याकेट वितरण गरिएको हो । शेर्पाले दावा गेयर कम्पनीमार्फत विक्रि वितरण गरिएको कपडा बाट सत प्रतिशत रकम समाज सेवाको लागि छुट्याउने पनि शेर्पाले बताउनु भयो ।

सोलुखुम्बुको दुर्गम वस्तीमा जन्मेको शेर्पा हिमाल आरोहण पेशामा अवद्ध भएको भए पनि हिम पहिरोमा परे पश्चात भने हिमाल आरोहण पेशालाई छोडेर व्यावसाय सुरु गरेका हुन् । दावा टाशी शेर्पा अहिले आफ्नो कम्पनी सँगै माउटेन लिडरको रुपमा समेत काम गर्र्दै आई रहेको छ ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार १२:३८

सम्बन्धित समाचारहरु