दिमिल आधारभुत विद्यलयमा नयाँ पुस्तकालय भवन  उद्घाटन सम्पन्न

सोलुखुम्बु दुधकुण्ड नगरपालिका १० दिमिल आधारभुत विद्यालयमा नयाँ पुस्तकालय भवन उद्घाटन सम्पन्न भएको छ । नयाँ भवनको उद्घाटन दुधकुण्ड नगरपालिका वडा अध्यक्ष मिङमार छिरी शेर्पा प्रमुख अतिथ्यमा रहेको थियो । वि स २०४५ सालमा निर्माण भएको विद्यालय २०७२ सालको महविनाशकारी भुकम्पका कारण क्षतिग्रत विद्यालयको भवन पनि Aktivferien AG को सहयोगमा पुर्ण निर्माण भएको थियो ।त्यसै गरि अहिले नया पुस्तकालय भवन पनि उहाँहरुकै सहयोग मा निर्माण सम्पन्न भएको वि.ब्या.स. अध्यक्ष आङ बाबु शेर्पा ले जानकारी दिनु भएको छ । सहायोग रकम संकलन गर्ने सस्था Aktivferien AG लाई प्रमाण पत्र दिई cristine buchi र समाजसेवी तथा पर्यटन व्यवसायी मिङमार शेर्पा लाई खादा द्धारा सम्मनित गरेको छ । साथै पुस्तकालय पुर्ण निर्माण गर्न १०,०००अमेरीकी डलर लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति १३ बैशाख २०७६, शुक्रबार ११:०३