देशविदेशमा लोसार भव्यताका साथ मनाउने तयारी (कुनकुन देशमा मनाउदै छ)

हिमाली समुदायको नयाँ बर्ष लोसार पर्व सुरु भएको छ । लोसार देश तथा विदेशमा भव्यताका साथ मनाउने तयारी भइ रहेको छ । नेपाल लगायत विश्वभरि तमु,सोनाम र ग्याल्पो लोसार मनाइरहेका छन । नयाँ साल २१४६ औ स फो फाक् लो ग्याल्पो लोसार पुरानो सालको विदाइ गर्दै नया सालको आगमनको खुसीमा घरपरिवार, आफन्तजन र विश्वमा शान्तिको कामनाका साथ मनाइने गरिन्छ ।

कुनकुन देशमा कसरी मनाइदैछ लोसार ।

लोसार गुथुक साझ -नेपाल हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा मनाउदै आएको लोसार गुथुक साझ यस बर्ष माघ २० देखि २२ गतेसम्म हायत चौर चुच्चेपार्टीमा मनाउन लागि रहेको छ । माघ २४ गते शेर्पा गुम्बामा ल्हप्सो कार्यक्रम- शेर्पा गुम्बामा बार्षिक रुपमा ल्हप्सो व्यावस्थापन समितिले आयोजना गर्दै आएको ल्हप्सो यस वर्ष माघ २४ गते मनाइने भएको आयोजकले जानकारी दिएको छ । विदेशी भुमिका रहेर पनि आफ्नो भाषा, कला सांस्कृतिको संरक्षण अभियानमा जुटेका हिमाली समुदायले किदुक, छोक्पा, संघसस्थाहरु स्थापना गरि लोसार कार्यक्रम भव्यताका साथ मनाउने तयारी गरि रहेका छन ।

किदुक दोहा- शेर्पा किदुक दोहा कतारले फाल्गुन २४ मार्च ८ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरिरहेको अध्यक्ष ङवाङ कुसाङ शेर्पाले जानकारी दिएका छन । यो किदुकको पहिलो प्रस्तुति हो । गायक गम्बु शेर्पा, विवेक लामा, गायिका निर्मला घिसिङ, गायक लाक्पा अमोद र डिजे तेन्जीको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

हङकङ- शेर्पा किदुक हङकङले माघ २७ गते फेव्रवरी १० तारिका दिन लोसार कार्यक्रम गर्ने लागेको पि लामा शेर्पाले जानकारी दिनुभएको छ । लोसार कार्यक्रमसगै धर्मगुरुबाट आशिर्वाद लिदै गुम्पा दर्शन गर्न जाने शेर्पाले जानकारी दिनुभयो ।

साइप्रस-शेर्पा किदुक साइप्रसले यही माघ २७ गते फेव्रवरी १० तारिका दिन बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
किदुकले बार्षिक रुपमा लोसार कार्यक्रम आयोजना गर्दै आएको छ ।

इजरायल- शेर्पा संघ इजरायलले यही चैत्र २ गते मार्च १६ तारिकका दिन ग्याल्पो लोसार साझ २०७५ आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा लोसार कार्यक्रम मनाउन लागिएको छ ।

अमेरिका- शेर्पा किदुक अमेरिकाले फेव्रवरी ३ तारिकबाट लोसार कार्यक्रम मनाउने भएको छ । अध्यक्ष उर्गेन शेर्पाका अनुसार ३ तारिक ग्यासी पुजा, गुथुक र स्याब्रु नृत्य प्रतियोगिता, फेव्रवरी ५ तारिक विश्व शान्ति पुजा, ९ तारिक लोसार सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

पोचुगल- शेर्पा सोसाइटि पोर्टुगलले यही माघ २२ गते फेव्रवरी ५ का दिन ल्हप्सो पुजा कार्यक्रम गर्ने तयारी गरिरहेको आयोजकले जानकारी दिएको छ । भने मार्च ३ गते लिस्बोनमा लोसार कार्यक्रम गर्ने भएको छ ।

जापान-शेर्पा संघ जापानले यही फाल्गुन ५ गते फेव्रवरी १७ तारिकका दिन लोसार कार्यक्रम गर्ने तयारी गरि रहेको सल्लाहकार ङवाङ सेरा शेर्पाले जानकारी दिनु भएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ लोसार कार्यक्रम गर्न लागेको हो ।

दुवाइ- शेर्पा किदुक युएइले यही फाल्गुन १७ गते मार्च १ तारिकका ल्हासार साझ २०७५ आयोजना गर्ने भएको छ । लोसार कार्यक्रमलाई भव्य पार्न विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरि रहेको छ ।

बेल्जियम- शेर्पा किदुक बेल्जियमले फेव्रवरी ७ तारिकका दिन ल्हप्सो पुजा गर्ने भएको । बार्षिक रुपमा किदुकले ल्हप्सो पुजा लगायत विविध कार्यक्रमहरु आयोजना गर्दे आएको छ ।

पोल्याण्ड- पोल्याण्ड शेर्पा किदुक फेव्रवरी १६ तारिका दिन ग्याल्पो लोसार सांस्कृतिक कार्यक्रम २०७५ गर्न लागेको छ । पोल्याण्ड शेर्पा किदुकको स्थापना भएको एक वर्ष भएको छ । विदशी भुमिका मिलिजुलि विभिन्न चार्डपर्वहरु मनाउनका लागि किदुकको स्थापना आवश्यकता देखेर किदुक स्थापना भएको थियो ।

बेलायत-शेर्पा संघ बेलायतले यस वर्ष फेव्रवरी ३ तारिकका दिन पहिलो चोटी लोसार गुथुक साझ आयोजना गर्ने भएको छ माघ २४ गते फेव्रवरी ७ तारिकका दिन ल्हप्सो पुजा भव्य रुपमा आयोजना गर्ने तयारी गरिरहेको रिन्जी शेर्पाले जानकारी दिनुभएको छ । त्यसैगरि फेव्रवरी १६ तारिकका दिन लोसार पार्टीको आयोजना गरिएको शेर्पाले जानकारी दिनुभयो बेलायतमा रहेका शेर्पाहरु विच नया वर्ष लोसारको शुभकामना आदनप्रदान गरि लोसार मनाउने तयारी गरिरहेको छ ।

 

स्विजल्याण्ड- शेर्पा सोसाइटि स्विजल्याण्डले यस वर्ष फेव्रवरी ९ तारिक ग्याल्पो लोसार २०१९ मनाउने भएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ किदुकले लोसार कार्यक्रम गर्न लागेको हो । हामी नेपाली, विविध जातजाती रहेको देश । विभिन्न चाडपर्वहरु एकअर्कामा शुभकामना आदनप्रदानका साथ हर्सौउल्लासका साथ मनाउने गरिन्छ । यस वर्षको लोसर (नया वर्ष)ले सम्पुर्णको घरपरिवारमा सुखशान्ति र समृति कायम होस् । देशमा शान्ति कायम होस् भन्ने हिमाली सन्देश परिवार कामना गर्दछौ
हिमाली सन्देश विशेषगरि हिमाली समुदायको आवाज विहिनहरुको आवाजलाई बुलन्द रुपमा बाहिर ल्याउनका लागि संचालन गरिएको अनलाइन पत्रिका हो । यसमा हामीले विशेषगरि हिमाली समुदायलाई प्रथामिकता दिने गरेका छौ । तपाई बसेको वरीपरि केही घटना भएमा हामीलाई संम्झन सक्नु हुनेछ र लेखरचना भएमा पठाउन सकिन्छ ।

प्रकाशित मिति १९ माघ २०७५, शनिबार १२:११