दोबान हाइड्रो प्रभावित संघर्ष समितीले बुजाए १२ बुदे माग सहितको ज्ञापन पत्र, माग सुनुवाई नभए आन्दोलनमा उत्रने

सोलुखुम्बु, असोज १२ । सोलुदुधकुण्ड नगरपालिका वडा नं २ अन्तर्गत खाम्जे र नाजिङका स्थानियबासी र दोबान हाईड्रो प्रभावित संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय,सोलुदुधकुण्ड नगरपालिका, दोबन हाइड्रो पावर कम्पनीलाई १२ बुदे माग सहित ज्ञापन पत्र बुजाएको छ ।


दोबान हाइड्रो कम्पनीलाई स्थानीय खाम्जे नाजिङका बासिन्दाहरूले छलफल तथा स्थानियका मागहरु सम्बोधन गर्न बारम्बार आग्रह गरे पनि बेवास्ता गरि हालसम्म कुनै सार्वजनिक सुनुवाइ तथा छलफल समेत नगरी एकलौटी रूपमा जुन्बेशीबाट ल्याएको पाइपलाइन खाम्जे र नाजिङ दुईओटा गाउँको माथिबाट विस्तार गर्दै आएकोले पुरै गाउँ पहिरोको जोखिममा परेको र हाइड्रो कम्पनीले हेबी इक्युमेनट प्रयोगका कारणले २०७२ सालको भूकम्पबाट चर्केको गाउँका घरहरू जन धरापमा परेको स्थानिय आङ माया शेर्पा खम्बचेँले जानकारी दिइन । उनको अनुसार कम्पनिले स्थानियको माग सुनुवाई नगरि जवर्जस्ती हाइड्रो पावारको काम सुरु गरेकोले गर्दा खाम्जे र नाजिङ पहिरोको जोखिममा रहेकोले चाडो यस समस्याको समाधान होस् भनी ग्यापन पत्र बुजाउन स्थानिय वाध्य भएको जानकारी दिइन ।

मागहरू यस प्रकारका रहेका छन ।
१) विगतमा पाइपलाइनका लागि जग्गा खरिद गर्दा विभेद पूर्ण तरिकाले जग्गाको मूल्यांकन गरि मूल्य निर्धारण गरिएकोले पुनः छानविन गरि समान रूपमा मुआब्जा, दिनु पर्ने ।

२) पूर्व सहमतिमा पाईपलाइनका लागि ५ मिटर जग्गा दिएको भए पनि हाल कम्पनीले आफ्नो मनोमानि ढंगले १० मिटर भन्दा बढी जग्गा खनिएको र कतै सहमति भन्द बाहिरि जग्गाको उपयोग गरिएकोले त्यसको पुनः छानविन गरि उचित क्षतिपूर्ति दिनु पर्ने ।

३)पाइपलाइन निर्माण स्थलमा जनप्रतिनिधि तथा स्थानिय सरोकारवाला प्रत्यक्ष निगरानीमा जियोलोजिस्ट तथा वातावरण विद् द्वारा पुन:रु शर्वेछ्ण गर्नु पर्ने र सो अनुसार आवश्यक थप संरचनाको निर्माण गर्नु पर्ने।

४) सम्भावित भविष्यमा भुकम्प, पहिरो अादि कारणले पाइपलाइन फुटियो भने त्यस कारण हुने जोखिम न्यूनीकरणका उपाय अहिले देखि नै लागु गर्नुपर्ने ।

५) पाइपलाइन भन्दा २०० मिटर माथि र पाइपलाइन भन्दा मुनि खोला सम्मको बसोवास गर्ने सम्पूर्ण घर परिवारलाई प्रति व्यक्ति ५० लाखको दरले क्षतिपूर्ति दिनुपर्ने र घरजग्गा,         सम्पति परिवारको सबै सदस्यहरूको अजिवन जिवन बिमा गरि दिनु पर्ने अथवा पुनवासको ब्यवस्था गर्नुपर्ने ।

६) राष्ट्रिय प्रसारण लाइनमा बिद्युत बिक्री गर्नु भन्दा पहिला यस बिद्युत कम्पनीको प्रभावित छेत्रमा पर्ने सबै स्थानमा बिद्युत लाईन बिस्तार गरि विद्युत व्यवस्था गर्नु पर्ने ।

७) खाम्जे तथा नाजिङ गाउँका बासिन्दाहरू लाई मासिक रूपमा प्रति घर २०० यूनिट बिद्युत कम्पनिले नि:शुल्क दिने व्यवस्था गर्नुपर्ने ।

८) सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट बाट खाम्जे र नाजिङका बासिन्दाहरूको लागि २०० जन सम्ममा अट्ने क्षमताको सामाजिक भवन निर्माण गरि दिनु पर्ने ।

९) खाम्जे र नाजिङका प्रत्येक घर परिवारलाई १० लाख बराबरको नि:शुल्क शेयर दिनु पर्ने।

१०) गाउँको बिचमा भएको सबै गोरेटो बाटोलाई सोलिङ गरि दिनु पर्ने ।

११)गाउँको माथीलो भागबाट पाइपलाइन निर्माण गर्दा Heavy equipment प्रयोग गर्न नपाइने ।

१२)माथिको मागहरू पर्ति Hydropower को सकात्मक प्रतिकृया वा पूरा गर्ने प्रतिवघ्दता सहित लिखित सम्झौता नभए सम्म हाल भइरहेको पाइपलाइन, पावरहाउस लगायत सम्पुर्ण आयोजनाका कार्यलाई रोक लगाउने।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार २०:४९