दोस्रो नर्भिक फेष्ट २०१८ सम्पन्न (फोटो फिचर सहित)

नर्भिक विजनेश कलेजका ७ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले दोस्रो नर्भिक फेष्ट २०१८ मनाएका छन ।
अध्ययनरत विद्यार्थीद्धारा विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा फेसन सो, नृत्य प्रस्तुत गरेका थिए भने खानाको परकारहरु र लत्ताकपडाको स्टल राखिएको थियो । कार्यक्रमलाई सफल पार्न एस्स व्याण्ड , गायक भिम लिम्बु, उत्तम जङ्ग लिम्बु, हस्याकलाकार भरत मनी पौडेलले प्रस्तुति दिएका थिए भने बेवी होमका बालबालिकाले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

 

सहयोग रकम हस्तान्तरण
नर्भिक फेस्ट २०१८ मा नै विशेषत एचआएभी एड्स लागेका बालबालिकाहरुलाई आश्रय दिदै आएको र उनीहरुको शिक्षा, स्वास्थ्यलाई मध्यनजर गरि खोलिएको संस्था बेवी होमलाई समाजसेवी एव एभरेष्ट हार्ड वयरका संचालक सोनाम शेर्पाले रु ५०,००० (पचास हजार ) सहयोग गरेका थिए । एभरेष्ट हाड वयर विशेषत हिमाली भेगमा प्रयोग गरिने लत्ताकपडाहरु उत्पादन गर्ने कम्पनी हो ।

प्रकाशित मिति २२ फाल्गुन २०७४, मंगलवार २२:१६