धन्दा ठगीको, सरकार नेकपा डबलको

कसैलाई केको धन्दा कसैलाई केको धन्दा, अल्छे सरकारलाई घरिघरि लकडाउन लाउनको धन्दा । फेरि लायो ! त्यो पनि सातादिन होइन, द–दश दिन ! अल्छे सरकारका दृष्टिमा हर रोगका एक दबा, लायो लकडाउन झ्याम !

लकडाउन कोरोना भाइरस नियन्त्रणको एकमात्र, नित्य र निर्विकल्प जुक्ति किमार्थ होइन । यो त केवल एक सङ्कटकालीन र अल्पकालीन जुक्ति  हो । लकडाउन कोरोनाका गौँडा छेक्ने जुक्ति हो, यो दूरीको अस्त्रले कुचक्री कोरोनालाई छक्याउने काइदा हो । र, यो मानिसहरुलाई अलि दिन घरमै प्याकिस गरेर भाइरसको भयावह खतराबारे पाठ सिकाउने जुक्ति हो  । त्यसो त यो नजानिदो पाराले मानिसमा जीवनको मोह र मृ्त्युको भय जगाउने जुक्ति हो । लोकलाई लकडाउनको अप्रकट सन्देश हो— कि चनाखो भएर बाँच कि लापर्बाही गरेर मर ! तिम्रो जीवन तिम्रै हातमा छ, तिम्रो मृत्यु तिम्रै हातमा छ । तर, लगाएर थपक्क सुत्ने धन्दा होइन लकडाउन । लकडाउनको सुनसान मौका छोपेर गर्नपर्ने अनिवार्य कर्महरु अनेक छन् । ती हुन्— भाइरस परिक्षणको घेरा तीव्र गतिमा विस्तार गर्नु, छिटछिटो संक्रमणको पहिचान गर्नु र खाँचो हेरी क्वारेन्टाइन वा आइसोलेनको चाँजोपाँजो मिलाउनु । हुन त हाम्रो अल्छे सरकारले केही नै नगरेको चाहिँ होइन । तर यसले जे गर्‍यो, केवल नकाम गर्‍यो, फगत अनर्थ गर्‍यो । यसले भाइरस परिक्षण गर्न नक्कली र खोटा र्‍यापिड टेस्ट किट प्रयोग गर्‍यो । र, दिनानुदिन संख्या गन्दै पैँतालिस हजार परिक्षण गरेँ भनेर व्यर्थको काम देखाउँदै फुर्ति लगायो ।

हाम्रो अल्छे सरकारले केही नै नगरेको चाहिँ होइन । तर यसले जे गर्‍यो, केवल नकाम गर्‍यो, फगत अनर्थ गर्‍यो । यसले भाइरस परिक्षण गर्न नक्कली र खोटा र्‍यापिड टेस्ट किट प्रयोग गर्‍यो । र, दिनानुदिन संख्या गन्दै पैँतालिस हजार परिक्षण गरेँ भनेर व्यर्थको काम देखाउँदै फुर्ति लगायो ।


 


र्‍यापिट टेस्ट किट निःसन्देह कबाडी हो । यो झुर–झुक्रो–झुरपट्याँस हो । यसले भाइरसको सही परिक्षण गर्दैन । हाम्रै प्रयोगबाट पनि यो कटु तथ्य नाङ्गा आँखाले देखिने गरी सिद्ध भएको छ । भारत, अमेरिका, बेलायत, स्पेन, जर्जिया, चेक रिपब्लिक आदि देशले यो कबाडीमाथि प्रश्न उठाएर यसलाई बदर गरेका छन् । यो सब जान्दाजान्दै ओली सरकारले यो कबाडी माल प्रयोग गरिरहन किन योविधि हत्ते हालेको होला ? हत्ते हाल्नुको कारण खुलाउँदा सत्ताको डण्डाले मारी कुटिइने खतरा छ । किनभने यसमा कुरो दिनु–खानुको छ । यसमा कुरो ओली–अम्नीको प्रगाढ र अटुट मितेरी साइनोको छ । भन्नुमात्र हुँदैन, र्‍यापिड टेस्टवाले यो कबाडी ओली–अम्नीको प्यार–मुहब्बतको दह्रो दसी हो । चल्तीको भन्दा कता हो कता महँगो दरमा यो किनेको काइते कागजात देखाइयो । र, ज्यास्ती रकम दुई ज्यान एक प्राण सरहका मितज्यू द्वयद्वारा मिलिजुली ज्युनार गरियो । इतिहासको भित्तोमा लेखिएका ढुङ्गाका अमिट अक्षरले यसै त भन्छन् । जब लोकले ज्युनारकर्तामाथि औँलो ठड्यायो, यो खोटो माल प्रयोग नगर्ने, ठग ओम्नीसँगको ठेक्का बदर गर्ने, निजको चार करोड धरौटी पच पार्ने र निजको नाम कालो सूचीमा दर्ज गर्ने बाचा गरियो । शिरमाथि लोकले भाँटो उजाउँदा डरले यस्तो बाचा गरियो, भाँटो थन्किएपछि न मितज्यूको चार करोड पच, न मितज्यू कालो सूचीमा दर्ज ! बरु थुकेको थुक खाँदै लाजै नमानी यही कबाडी र्‍यापिड  प्रयोग गर्न पो थालियो ।

म सुन्छु, ओली सरकार फेरि एक लाख कबाडी र्‍यापिड टेस्ट किट किन्ने ठेक्का सम्झौतामा हस्ताक्षर गर्दैछ । सुन्दा त्यसैत्यसै दिगमिग लाग्छ । आङ सिरिङ्ग हुन्छ । परिवेश गन्हाउँछ । यो कस्तो हठ ! यो कस्तो अहंकार ! लाग्छ, यस्ता मान्यजनको कुटिलमति कुकुरको पुच्छरजस्तै हो । बाह्र वर्ष ढुङ्ग्रामा हाल, पुच्छर नाथे बाङ्गाको बाङ्गै ! उदारमना मितज्यूलाई प्रिय मितज्यूको दागी अनुहार धोइपखाली गर्नु छ । र, मितज्यू द्वयमाझ ‘ठग–ठग एक रहूँ, दिनु–खानु कायम गरुँ’को संकल्पलाई अझ सुदृढ बनाउनु छ । दिनु–खानु भन्नमात्र सजिलो छ, मितज्यू द्वयका दुःख कति छन् कति !


संक्रामक रोगका ज्ञानी पण्डितहरु भन्छन्— लकडाउन लाइरहनु सरकारको विववशता हो । किन ? किनभने समुदाय तहमा कोरोना फैलिए–नफैलिएको अत्तोपत्तो छैन । अत्तोपत्तो होस् पनि कसरी ? अल्छे सरकार र्‍यापिड टेस्टले पैँचालिस हजार जनको जाँच गरेँ भनी डङ्क पिट्दैछ । यो डङ्क पिटान वास्तवमा पैँतालिस हजार झूटको विज्ञापन हो । नक्कली र्‍यापिड टेस्ट पैँतालिस हजार ! कबाडी र्‍यापिड टेस्ट पैँतालिस हजार ! एक महिनाको यत्रो लामो लकडाउनमा सरकारले के गर्‍यो ? यसले जम्मा दश हजार पिसीआर टेस्ट गर्‍यो । यो गँड्यौले चालले समुदाय तहमा कोरोनाको अवस्थाबारे थाहा हुन्छ नै कसरी ?


आयो फेरि कुरा लकडाउनकै । संक्रामक रोगका ज्ञानी पण्डितहरु भन्छन्— लकडाउन लाइरहनु सरकारको विववशता हो । किन ? किनभने समुदाय तहमा कोरोना फैलिए–नफैलिएको अत्तोपत्तो छैन । अत्तोपत्तो होस् पनि कसरी ? अल्छे सरकार र्‍यापिड टेस्टले पैँचालिस हजार जनको जाँच गरेँ भनी डङ्क पिट्दैछ । यो डङ्क पिटान वास्तवमा पैँतालिस हजार झूटको विज्ञापन हो । नक्कली र्‍यापिड टेस्ट पैँतालिस हजार ! कबाडी र्‍यापिड टेस्ट पैँतालिस हजार ! एक महिनाको यत्रो लामो लकडाउनमा सरकारले के गर्‍यो ? यसले जम्मा दश हजार पिसीआर टेस्ट गर्‍यो । यो गँड्यौले चालले समुदाय तहमा कोरोनाको अवस्थाबारे थाहा हुन्छ नै कसरी ? के कुनै दिव्य मुहूर्तमा  निराकार एवं अगोचर वैकुण्ठबासी भगवान् चतुर्मुखी ब्रह्माजीले आकाशवाणीबाट थाहा दिन्छन् ? कि कोरोना भाइरस स्वयं हाजिर भई ‘अहिलेसम्म मेरो विस्तारको प्रगति यतियति भयो’ भनी सिंहासनधारी प्रभुछेउ बिन्ती चढाउँछ ?

छाँटले लकडाउन कसैका लागि मजा हो, कसैका लागि विकराल काल । जसले मनग्य नूनतेल, खाद्यान्न र मेवामिष्ठान्न जोहो गरेका छन्, तिनका लागि लकडाउन विश्राम हो, मनोरञ्जन हो, पारिवारिक रमाइलो हो । दिनभरि पसिना बगाएर बिहान–बेलुकाको छाक टार्नेहरुका लागि नि ? तिनका लागि यो काल हो, विकराल काल ! त्यसैले त ती चित्कार गरिरहेका छन्— सरकार ! तिम्रो लकडाउनमा कोरोनाले भन्दा पहिले हामीलाई भोकले मार्ने भो !  दुःखी कजनको यो दारुण चित्कार दूर दरबारबासी सरकार सुन्दैन । ऊ त केवल ‘ट्याउँ– ट्याँउ’ भन्दै हिँड्छ— कसैलाई भोकै मर्न दिइने छैन ! यो सङ्कटमा सरकारले दशौँ लाख बेरोजगार र गरिबलाई साँच्चि नै दिएजस्तो गरी केही दिएको छैन । न खाद्यान्न न नगद । प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडा बेरोजगार र भोका गरिबहरुलाई राहत दिनु भनेको आफ्नै गाड्धनबाट रकम झिकेर दिनुजस्तो गर्छन् । मरे बरु गरिबहरु भोकै मरुन्, बजार व्यवस्था विरक्तिनु हुँदैन, अर्थतन्त्र ओइलाउनु हुँदैन । ‘कम्निस्ट’ शासक महलको महान्, उदार र कल्याणकारी चिन्तन !

छाँटले लकडाउन कसैका लागि मजा हो, कसैका लागि विकराल काल । जसले मनग्य नूनतेल, खाद्यान्न र मेवामिष्ठान्न जोहो गरेका छन्, तिनका लागि लकडाउन विश्राम हो, मनोरञ्जन हो, पारिवारिक रमाइलो हो । दिनभरि पसिना बगाएर बिहान–बेलुकाको छाक टार्नेहरुका लागि नि ? तिनका लागि यो काल हो, विकराल काल ! त्यसैले त ती चित्कार गरिरहेका छन्— सरकार ! तिम्रो लकडाउनमा कोरोनाले भन्दा पहिले हामीलाई भोकले मार्ने भो !  दुःखी कजनको यो दारुण चित्कार दूर दरबारबासी सरकार सुन्दैन । ऊ त केवल ‘ट्याउँ– ट्याँउ’ भन्दै हिँड्छ— कसैलाई भोकै मर्न दिइने छैन !


लकडाउन कालमा उदाङ्ग भएको धनी र गरिबबीचको विभेदको खाडल र अन्यायको दृश्य, अहो ! किञ्चित् धनवानहरु मग्न मुद्रामा घरमा बसेर कोरोना भजन गाउँदै थिए— साबुन–पानीले हात धोऊँ, कोरोनाबाट जोगिऊँ । भजन गाउनेहरुको लाममा कुलीनहरु थिए, सत्ताशीन नवधनाढ्य चोरहरु थिए, सिने सुन्दर–सुन्दरीहरु थिए, स्टन्टबाज सेलिब्रिटीहरु थिए, ज्यालादारी भजनकर्मीहरु थिए । साबुन–पानीले छिनछिनमा हात धुनु यी सबका लागि औकातको कुरा थियो । ज्यालाकर्मी, सुकुमबासी र गरिबहरुका लागि यो असम्भव विलास थियो । जब यी सब सुविधासम्पन्न र सुरक्षित घरमा बसेर हस्तशुद्धी महात्म्य गाउँदै थिए, थुप्रो गरिबहरु हाँफ र झाँप गर्दै गाउँतिरको अनिश्चित र असुरक्षित  पदयात्रामा कुद्दै थिए । ती भोकै थिए, ती अनिदो थिए । तिनका आहत चित्तमा क्रूर सरकारप्रति क्रोधको ज्वाला दन्किरहेको थियो । तर सरकारले न त्यो देख्यो, न त्यो सुन्यो । मानौँ यो देशमा दशौँ लाख दीनहीन र गरिबहरु छन् भन्ने कुरा विलासलोकमा मगनमस्त भएको ‘कम्निस्ट’ सरकारका भुसतीघ्रेहरुलाई थाहा छैन । कुनै दिन थाहा थियो होला । जब यी भोका–नाङ्गहाहरुका काँधमा चढेर सत्तामा उक्लिए, त्यही क्षणमा तिनले यिनलाई बिर्सिए ।

हस्तशुद्धी भजनसँगै अर्को विभेदकारी भजनले गगनमण्डल गुन्जियो । त्यो घरै बसेर कोरोना भाइरसलाई जित्ने भजन थियो । यो भजनका प्रथम स्रष्टा विश्व स्वास्थ्य सङ्गठनका बोस थिए । तिनले समस्त विश्वसामु भजन जारी गरे, ‘घरभित्रै बसौँ, महामारीविरोधी लडाइँ जितौँ ।’ घरमा बस्ने औकात र सुविधा हुनेहरुले भजनको लोलीमा बोली मिलाए । यो बोली र लोली घरमा बस्ने औकात र सुविधा नहुनेहरुका लागि क्रूर ठट्टा थियो । गृहपतिहरुले यो भजन गाइरहँदा गृहविहीन दीनहीनहरु  के गर्दै थिए ? ती करुणामयी सरकारद्वारा गाउँ जाने बाटो छेकिएर कतै खोँचमा वा बगरमा अलपत्रसँग लम्पसार परेका थिए । ती भोकै थिए, ती थकित थिए, ती गलित थिए, ती निराश थिए, ती हताश थिए । र, ती दयावान् सरकारलाई सम्झिँदै थिए । त्यो क्षणमा तिनबारे बेखबर प्रधानमन्त्री र मन्त्रीहरु के गर्दै हुँदा हुन् ? शायद ती कोरोना भाइरसको डरले महलभित्रै एन–९५ मास्क लगाएर आफ्नो मूल्यवान् कोमल गाथको रक्षामा दत्तचित्त हुँदा हुन् !


‘उज्यालो’को खण्डे भजनले भन्यो— ‘के हो र यो कोरोना घरै बसी जितिन्छ ।’ यो जटिल समस्याको अति सरल समाधान हो । सुकुलगुण्डे समाधान ! यो त वास्तवमा अल्छे सरकारलाई सुहाउने भजन पो हो । यो कोरोना भाइरसमाथि क्रियात्मकरुपले हस्तक्षेप नगर्ने भजन हो । यो त खालि भजन गाएर कोरोना धपाउने लुते धन्दा हो । यो जानअन्जान नक्कली र्‍यापिड टेस्टमार्गी भजन हो । यो अकर्मण्य भजन गाउन सरकार स्वयं पर्याप्त छ, अरुले यसको सुगा रटान गनुपर्‍यो नै  किन ? कोरोना धपाउने भजन गाउने घर र गाउने औकात नहुनेहरुमाथि यो सुतुरमार्गी भजन अर्को निर्मम मजाक हो ।


अविराम भजन सुन्दै जाँदा उज्यालो एफएमको भजन मेरा कर्ण स्पर्श गर्न आइलाग्यो । आशा थियो— स्वतन्त्र सञ्चार भनिने एफएममा त कमसेकम सङ्कटकालीन यथार्थको समग्रता समेटिँदो हो कि ! तर ‘उज्यालो’ले लोकलाई सत्य र न्यायको उल्यालो देखाउन कञ्जुसी गर्‍यो । र, ऊ जसोजसो बाहुन बाजे उसैउसै स्वाहाको लयमा हल्लियो । ‘उज्यालो’को खण्डे भजनले भन्यो— ‘के हो र यो कोरोना घरै बसी जितिन्छ ।’ यो जटिल समस्याको अति सरल समाधान हो । सुकुलगुण्डे समाधान ! यो त वास्तवमा अल्छे सरकारलाई सुहाउने भजन पो हो । यो कोरोना भाइरसमाथि क्रियात्मकरुपले हस्तक्षेप नगर्ने भजन हो । यो त खालि भजन गाएर कोरोना धपाउने लुते धन्दा हो । यो जानअन्जान नक्कली र्‍यापिड टेस्टमार्गी भजन हो । यो अकर्मण्य भजन गाउन सरकार स्वयं पर्याप्त छ, अरुले यसको सुगा रटान गनुपर्‍यो नै  किन ? कोरोना धपाउने भजन गाउने घर र गाउने औकात नहुनेहरुमाथि यो सुतुरमार्गी भजन अर्को निर्मम मजाक हो ।

सत्तामा नेकपा डबलको ओली सरकार छ । ओली सरकार परम् प्रिय ओम्नी कमरेडसँगको प्रेममय नशामा लठ्ठ छ । र, यो सरकार र्‍यापिड टेस्ट नामक नक्कली साधनको दिनु–खानुमा लिप्त भई कोरोनाबाट जनजनका ज्यानको रक्षा नगर्न कटिबद्ध छ । लाग्छ, ओलीतन्त्रको यो कटिबद्धता ओली सरलाई काँधमा बोकेर हिँड्ने नेकपा डबलको विशाल भीडका लागि स्वीकार्य छ । धिक्कार छ गिनीपिगतुल्य भीडको यो मौन स्वीकृतिलाई !

प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार ००:०४