धरानमा गुन्पा निमार्णका लागि सहयोग संकलन गर्दै

काठमाडौं, पौष २४ । धरानमा हिमालयन महायान देक्षेन क्षोलिङ गुन्पा निमार्णका लागि सहयोग संकलन गरिरहेको छ ।
गुन्पा निमार्ण गर्न रु ७ करोड ५० लाख लाग्ने गुन्पा निमार्ण समितिका अध्यक्ष ङावा लत्टु लामा शेर्पाले जानकारी दिनुभयो । उहाँको अनुसार दुइ बर्ष अघि सुरु गरिएको निमार्णकार्य अहिले जारी रहेको छ । गुन्पा निमार्णका लागि २ बर्ष अघि स्थानियको सकृयतामा ३ करोड सहयोग संकलन गरि एकतले भवन निमार्ण गरिएको थियो । अहिले गुन्पालाई एकतलेबाट बढाएर विक्षुविक्षुनि (लामा, अनी)हरुका लागि बस्ने छात्रावास निमार्ण र विभिन्न सांस्कृतिक एव चाडपर्व मनाउन सभाहल निमार्ण गर्न सहयोग रकम संकलन गर्दै आएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

२ कत्ठा १५ दुर जग्गामा रहेको गुन्पामा अहिले धार्मिक एव सांस्कृतिक कार्यक्रम गर्न पाल टागेर गर्नु पर्ने बाध्यता आएकोले यसलाई न्युनिकारण गर्नका लागि गुन्पामा तला थप्ने र सभाहल निमार्ण गर्न लागिएको हो । यसको निमार्ण भएमा त्यहाका स्थानियहरुले फाइदा लिन सक्ने अध्यक्ष शेर्पाको दावी रहेको छ । निमार्णकार्य सम्पन्न भएपछि विक्षुविक्षुनि (लामा, आनि)हरुका लागि सुविधा युक्त छात्रावास, धार्मिक, सांस्कृतिक, चाडपर्व गर्नका लागि सभाहलको व्यावस्था, एसि सहितको नमुना सभाहल हुने र धरानमा पर्यटन प्रवर्धनका लागि यस गुन्पाले महत्वपुर्ण भुमिका निभाउने छ ।

देशविदेशमा सहयोगका लागि गुन्पा निमार्ण समितिले आग्रह गरेका छन । हाल हङकङ र युकेबाट सहयोग रकम प्राप्त भएको आर्थिक संयोजक गेल्बु शेर्पाले जानकारी दिनुभयो । उहाँको अनुसार काठमाडौँमा अहिलेसम्म लकभग रु २० लाख संकलन भएको जानकारी दिनुभयो
गुन्पा निमार्ण सहयोग संकलनका लागि गुन्पा निमार्ण समिति अध्यक्ष ङावा लत्टु लामा शेर्पा, अर्थिक संयोजक गेल्बु शेर्पा, सचिव कल्पना शेर्पा, सहसचिव दावा तेम्बा शेर्पा, आर्थिक सदस्य एपि शेर्पा काठमाडौँमा आएका छन ।
यस गुन्पा निमार्ण कार्यलाई सहयोग गर्न चाहने इच्छुकहरुले निम्न ठेगानमा सम्पर्क गर्न सक्नु हुनेछ ।
आर्थिक संयोजकः गेल्बु शेर्पा
सम्पर्क नं. ९८४२०६४१०६
बैक खाता नं. २१६०००८७४०१० राष्ट्रिय वानिज्य बैक, धरान शाखा

प्रकाशित मिति २४ पुष २०७५, मंगलवार २१:३८