नेपालको स्वीट्जरल्याण्ड, कालिञ्चोक !!!

मुलुकमा लगातार वर्षासँगै परेको हिमपातले उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात भएको छ। यो सँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ।

दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशंकर, खरिढुंगा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँपरेपछि ती ठाउँहरुमा हिउँ खेल्नकै लागि वर्षैपिच्छे काठमाडौं तथा अन्य ठाउँबाट दोलखामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छ।

कालिञ्चोक भगवती थान निकट कुरीका होटलहरू हिउँले सेताम्ये भएका छन्। हिउँले कालिञ्चोकको कुरी भ्यालीलाई थप मनमोहक बनाएको छ।

प्रकाशित मिति २३ पुष २०७७, बिहीबार १६:१३