नेपालमा घट्दो दरमा पर्यटक संख्या

—निनाम कुलुङ ‘मंगले’ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाई अवधि १५. ०१ ीदन रहेको छ । यसरी हेर्दा धेरैपछि (लगभग २४ वर्षपछि किनभने, सन् १९९६ मा पनि १५.१ दिन रहेको थियो ।) नेपाल आएका विदेशी पर्यटकको औसत बसाई अवधि बढेको छ । त्यसो त सन् १९९६ को अघि–पछि पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको नेपाल बसाई अवधि प्रायः १३.५१, १३.५० १३.३३, १३.२०, १३.१६, १३. ०५, १३.०४, १३.०१, १२.६७, १२.६०, १२. ४४, १२. ४१, १२. १६ दिन रहेको छ । यसरी हेर्दा नेपाल भ्रमणमा आउने् विदेशी पर्यटकको औसत बसाई अवधिलाई राम्रै मान्नुपर्ने हुन्छ । तर, नेपाल बसाईको अवधिमा विदेशी पर्यटकहरुले गर्ने खर्च भने त्यति राम्रो अथवा भनौं चित्त बुभ्mदो रहेको देखिँदैन । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२० मा भने, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत प्रति व्यक्ति खर्च गराईमा केही बढोत्तरी भएर प्रति व्यक्ति प्रति दिन ६५ डलर पुगेको छ ।

जबकि सन् १९९८ मा नै हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने दैनिक खर्च ४५ अमेरिकी डलर पुर्याउने, सकेसम्म धेरै भन्दा धेरै गुणस्तरीय विदेशी पर्यटक नेपाल भित्र्याउने लगायत अन्य विभिन्न उदेश्य राखेर ‘नेपाल भ्रमण वर्ष सन्–१९९८’ मनाएका थियौं जुन कार्यक्रम त्यो वेलासम्म नेपालले गरेको ठूलो स्तरको पर्यटकीय कार्यक्रम वा भनौं गतिवधि थियो । । तर, जेजे भनेर वा उदेश्य राखेर ‘नेपाल भ्रमण वर्ष सन्–१९९८’ मनाएका थियौं, तत्काल ती कुनै पनि लक्ष्य पूरा भएनन् । जे होस्, धेरैपछि नेपाल घुम्न आएका विदेशी पर्यटकहरुको प्रति व्यक्ति, प्रति दिन औसतमा बसाई र खर्च गराई भने विगतका वर्षहरुमा भन्दा बढेकोमा हामीले सन्तोष नै मान्नुपर्ने हुन्छ ।

त्यसो त नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०२० मा सन् २०१९ भन्दा –८०.०७ प्रतिशतले कमी आएको थियो । यस्तो हुनुमा सन् २०१९ को अन्तिमतिर चीनबाट सुरु भएर विश्वव्यापी रुपमा पैmलिएको नोभेल कोरोनाभाइरस (कोभिड–१९) को महामारीलाई नै मान्नुपर्ने हुन्छ । खासमा सन् २०१५ को भूकम्पछि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार बढी रहेको थियो । स्मरणीय छ, सन् २०१५ मा भूकम्प र भारतीय अघोषित नाकाबन्दीका कारण ५ लाख ३८ हजार ९७० जना २०१८ विदेशी पर्यटकहरु मात्रै नेपाल भ्रमणमा आएका थिए । तर, लगत्तैको वर्ष अर्थात् सन् २०१६ मा ४० प्रतिशत, २०१७ मा २५ प्रतिशत, २०१८ मा पनि २५ प्रतिशत र, २०१९ २.०५ प्रतिशतका दरले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको आगमन दर बढेको थियो । स्मरण रहोस्, सन् २०१८ मा ९ लाख ६९ हजार २८७ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए भने, स्न २०१९ मा ९ लाख ९५ हजार ८८४ जना विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आएका थिए ।

दुःखको कुरो, त्यसपछि यो वृद्धि दरमा निरन्तरता कायम रहन सकेन । त्यसैले त सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकहरु मात्रै नेपाल भ्रमण गर्न आएका थिए । यसरी सन् २०२० मा नेपाल भ्रमणमा आउने २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकहरु मध्ये ७९.०६ प्रतिशत अर्थात् १ लाख ८३ हजार १३० जना विदेशी पर्यटकहरु हवाई मार्ग भएर र, २०.४ प्रतिशत अर्थात् ४६ हजार ९५५ जना सडक मार्गमार्पmत नेपाल आएको तथ्यांकमा उल्लेख छ, यस्तो तथ्यांक हेर्दा सन् २०१९ मा हवाई मार्गबाट ८३.१९ प्रतिशत विदेशी पर्यटक र सडक मार्गमार्पmत १६.८१ प्रतिशत विदेशीहरु नेपाल भ्रमणमा आएका थिए ।

जे होस्, हाम्रो देश नेपाल पर्वतारोहण, पदयात्रा, जलयात्रा, क्यानोइङ, बन्जी जप्पिङ, जंगल सफारी, जिप प्mलाइङ, हट एयर बालुनिङ, रक क्लाइम्बिङ, प्यारा ग्लाइडिङ, वाल क्लाइम्बिङ, कायाकिङ, माउन्टेन प्mलाईट आदिका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो । त्यसैले त हामीले विश्वका अधिकांश देशले जस्तो विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि कृतिम वा भनौं मानव निर्मित पर्यटकीय आकर्षणका चिजबिचहरु निर्माणमा खासै लगानी गर्नु परेको छैन । बरु हामीसँग भएका सयौं नयाँ अर्थात् भर्जिन हिम–श्रृङ्खला, पाखा–पर्वत, किल्ला, दुर्ग, जातजाति र भाषाभाषीको बसोबास क्षेत्र, गाउँ, छहरा–छाँगा डाडाँ–पाखा, स्थानीय वासिन्दाहरुको खानपान, चालचलन,, रहनसहन, भेषभुषा, संस्कार, संस्कृति, पर्व, मेला, जात्रामात्रा आदिलाई पनि खुलला रुपमा प्रदर्शन गर्न वा देखाउनका लागि सरकारले पर्यटकीय सम्पदा भनी घोषणा गरिनुपर्ने देखिन्छ । यसका लागि सम्बधिन्त निकायले सक्दो छिटो काम गरिहाल्नुपर्ने र निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले पनि यस कार्यका लागि आकर्षक प्याकेज बनाएर बेच्न पहल गर्नुपर्ने देखिन्छ । अब पर्वतारोहण वा हिमाल आरोहण, पदयात्रा, जलयात्रा आदिमा मात्रै नभएर अब कसरी हुन्छ ? धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपालको गाउँ–गाउँ, वस्ती–वस्ती, टोलटोलसम्म पुर्याएर उनीहरुलाई नेपालमा हालसम्म नखुलेका वा कोही नगएको नयाँ अर्थात् भर्जिन हिम–श्रृङ्खला, पाखा–पर्वत, किल्ला, दुर्ग, जातजाति र भाषाभाषीको बसोबास क्षेत्र, गाउँ–टोल, छहरा–छाँगा, डाडाँ–पाखा, स्थानीय वासिन्दाहरुको खानपान, चालचलन, रहनसहन, भेषभुषा, संस्कार, संस्कृति, चाड, पर्व, मेला, जात्रामात्रा आदिलाई पनि खुल्ला रुपमा प्रदर्शन गर्न वा देखाउनका लागि स्थानीय स्तरमा प्रचलित चालचलनहरुलाई सरकारले ‘पर्यटकीय सम्पदा’ भनी घोषणा गरिनुपर्ने देखिन्छ । यसका लागि सम्बधिन्त निकायले सक्दो छिटो काम गरिहाल्नुपर्ने र निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले पनि यस कार्यका लागि आकर्षक प्याकेज बनाएर (अब पर्वतारोहण वा हिमाल आरोहण, पदयात्रा, जलयात्रा आदिमा मात्रै नभएर) कसरी हुन्छ ? अब नेपालका हरेक पाखा–पर्वत, किल्ला, दुर्ग, जातजाति र भाषाभाषीको बसोबास क्षेत्र, गाउँ–टोल, छहरा–छाँगा, डाडाँ–पाखा, स्थानीय वासिन्दाहरुको खानपान, जीवन शैली, चालचलन, रहनसहन, भेषभुषा, संस्कार, संस्कृति, चाड, पर्व, मेला, जात्रामात्रा आदिलाई पनि आकर्षित गर्नका लागि छिटो भन्दा छिटो सरकारी स्तरमा कदम चालीहाल्नु पर्ने र प्रचार प्रसारमा ध्यान दिनुपर्ने देखिन्छ ।
त्यस्तै नेपालका हिमालहरु नेपालका लागि मात्रै नभएर छिमेकी देशहरु भारत, बंगलादेश लगायत अन्य दक्षिण–पूर्वी छिमेकी देशहरुका लागि स्वच्छ खानेपानी, सिचाई, विजुली बत्ती, जल विहार आदिका लागि मुहान अर्थात् मुख्य श्रोतको रुपमा पनि रहेको छ । अझ पछिल्लो समयमा विश्वभरि नै आएको मौसम परिवर्तनको समस्यका कारण त्यही स्वच्छ खानेपानी, सिचाई, बिजुली बत्ती, जल विहार आदिका लागि मुख्य श्रोतको रुपमा रहेको हिमालहरु पग्लेर हाम्रा लागि वरदान होइन कि अभिशाप र दुःखको श्रोत पनि बन्दै जाने दुःखद स्थिति पनि विद्यमान छ । निश्चय नै यसमा निर्दोष, निश्चल र अटल ती हिमालहरु दोषी नभएर हामी मान्छेहरु नै दोषको मुख्य भागीदारी हौं भन्नेमा दुईमत छैन । त्यसमा पनि विकसित देशहरु मुख्य रुपमा दोषी छन् भन्ने त विभिन्न समयमा अनुसन्धानकर्ता र विषय विज्ञहरुले गर्ने गरेको अध्ययनपछि निकालेको प्रतिवेदनहरुले नै बताउने गरेको छ ।

त्यसैले सन् २०१९ को अन्तिम ताका सुरु भएको विश्वव्यापी कोरोना महामारीका कारण विश्वमै घट्दो क्रममा रहेको पर्यटक आगमन र सो का कारण धरमरमा रहेको पर्यटन व्यवसाय उकास्न हामी सबैले सकेको गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति १९ श्रावण २०७८, मंगलवार १८:००

सम्बन्धित समाचारहरु