no-image

काठमाडौं, मंसिर २८ । सरकारले २ सय रुपैयाँ दरकाे भारतीय नोट (आईसी) नेपालमा नचल्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गरेको छ ।
श्रोत, अनलाइन खबर

प्रकाशित मिति २८ मंसिर २०७५, शुक्रबार १२:१५