नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

७ फागुन, काठमाडौं । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए ।

यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।
-onlinekhabar

प्रकाशित मिति ७ फाल्गुन २०७४, सोमबार १७:३३