नेपाली टोपी फोटो प्रतियोगिता सम्पन्न

रोटर्याक्ट क्लब अफ कान्तिपुरको आयोजनामा पौष १७ गते (जनवरी १) मा आफ्नोे कला र संस्कृती जोगाउन नेपाली टोपी फोटो प्रतियोगिता सम्पन्न भएको छ।

आयोजक रोटर्याक्ट क्लब अफ कान्तिपुरको अध्यक्ष रो. सृष्टि त्रिपाठि भन्नुहुन्छ प्रतियोगितामा नेपाल भरिका १२ ओटा जोन मध्ये ९ ओटा जोन बाट २१ ओटा क्लबको ४५ जना रोट्र्याक्टरहरु ले सहभागिता जनाउनु भयेको थियो जुन एकदमै राम्रो सहभागिता हो।

जोन ३ रोटर्याक्ट कल्ब अफ दमौलीका रो. यम बतासले यस प्रतियोगिता जित्न सफल भएका थिए भने उक्त कल्बकै रो. सुबोध्रा मल्लले तेस्रो स्थान हासिल गरिन्। जोन २ रोटर्याक्ट कल्ब अफ नारायणी मिड्टाउनका रो. बितुशा पौडेल दोस्रो भइन्। प्रतियोगिताको आयोजना फोटोमा आउने लाईक तथा सेयरको आधारमा गरियो जसमा महिला तथा पुरुष दुबै को उतिनै उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र उपहार प्रदान गरिएको थियोे।

प्रकाशित मिति २० पुष २०७४, बिहीबार १५:५०