नेपाली संघिय समाज दक्षिण कोरियाको तेस्रो महाधिवेशन फेबरवरी 5 तारिक ।

संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरिया ले आगामी फेब्रवरी 5 तारिक तेस्रो माह अधिवेशन आयोजना गर्ने भएको छ । पहिचान,समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघिय समाजवाद अबको निर्विकल्प भन्ने नारा साथ तेस्रो महाधिवेशन आयोजना गर्न लागेको( नेफेसो )दक्षिण कोरियाको संचार बिभाग प्रमूख शेर साङबो शेर्पा ले आम संचार माध्यम लाई जानकारी दिए ।

नेफेसो दक्षिण कोरियाको तेस्रो माह अधिवेशन सफल बनाउन नेपाल बाट प्रमुख अथिति र विशिष्ठ अथिति को रुपमा केन्द्रिय उप माह सचिब प्रकाश अधिकारी र माननीय प्रतिनिधि सांसद प्रदिप यादव दक्षिण कोरिया आउने संचार बिभाग प्रमूख ले जनाकारी दिए । अहिले सम्म नेफेसो दक्षिण कोरियाको सबै प्रार्न्त र क्षेत्रमा मा रहेका जातिय,क्षेत्रीय कमिटी हरु को अधिवेशन सम्पन्न भई सकेको प्रवक्ता ले बताए । तेस्रो माह अधिवेशन राजधानी स्थित सौलसी छुङ्गन्गु थेहाक्रु 3 खिल मा फरवरी पाँच तारिक दिउसो आयोजना हुने जनाएको हो ।

तेस्रो माहधिवेशन सफल बनाउन कोरिया मा क्रियाशील विभिन्न राजनैतिक दलका भाद्री संगठन,जातिय, क्षेत्रीय,संघ,संस्था,आम नेपाली दाजु भाई दिदी बहिनी हरु मा नेफेसो कोरियाको अध्यक्ष महिन्द्र राई ले आह्वान गर्नु भएको कुरा संचार बिभाग प्रमुख शेर शेर्पा ले बताए ।

प्रकाशित मिति १५ माघ २०७५, मंगलवार १७:३९