नेपाली समाज जापानकाे र्याप्टिङ मिटिङ कार्यक्रम  सम्पन्न

१९ अगस्ट ,टाेक्याे
नेपाली समाज जापान ले र्याप्टिङ मिटिङ कार्यक्रम सम्पन्न गरेको छ । समाजले हिजाे जापानको राजाधानी तोक्यो नजिक को एक खोला मा र्याप्टिङ गर्दै बैठक सम्पन्न गरेको छ ।

“Neplease society japan with Advanture” नाराको साथ सपन्न सो कार्यक्रम मा नेता तथा नेपाली समाज जापानको सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो । र्याप्टिङ कार्यक्रम उल्लास पूर्ण तरिकाले पुरा भएको थियो ।

बैठकमा उपस्थित सबै नेता कार्यकर्ताहरुले नेपाली समाज जापानले (आफ्नो पार्टी)समाजवादी पार्टी,नेपाल लाई देशको पहिलो दल बनाउनलाई जस्तो सुकै बलिदान गर्न तयार रहेको प्रस्ट पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पेम्बा शेर्पाले समाजवादी पार्टी नेपाल पहिलो दल भई शत्ता सम्हालेमा मात्र राष्ट्रिय समस्या र वर्गिय समस्या दुबैको समाधान हुने जिकिर गरे ।

त्यसैगरी अर्का नेता शिशिर निङ्लेकु लिम्बुले नेपाली कङ्रेश र नेकपा बाट नेपाल र नेपाली जनताले बिकास र सबैखाले बिभेदबाट मुक्ती नपाउने प्रस्ट भएको हुँदा सबै नेपाली जनता समाजवादि पार्टी नेपाल मा गोलबद्द हुनलाई अनुरोध गर्नु भयो।

प्रकाशित मिति २ भाद्र २०७६, सोमबार १०:२२