नेपाल तामाङ समाज,जापानद्वारा  आपतकालिन सहयाेग समिति गठन

नेपाल तामाङ समाज,जापानले काेराेना संक्रमित जापानबासी नेपालीहरुकाे सहयाेगार्थ आपतकालिन सहयाेग समिति गठन गरेकाे छ ।

जापानमा काेराेना संक्रमित संख्या दैनिक रुपमा सुधारउन्मुख रहेकाे र जापानबासी नेपालीहरुकाे अबस्था सामान्य भएपनि काेराेनाकाे कारण राेजगारबाट बन्चित भइ जीविकाेपार्जनमा समस्या भएका पीडितहरुकाे संख्या बढिरहेकाे सुचनामा उल्लेख गरिएकाे छ । जापानमा केाराेनाकाे प्रभाव लम्बिन सकिने अबस्थाकाे मध्यनजर राख्दै समाजले हालै अध्यक्ष रुविना तामाङकाे संयाेजकत्वमा १० सदस्यीय सहयाेग समिति गठन गरेकाे छ ।

समाजले केन्द्रिय समिति सहित च्युबु क्षेत्रीय समिति ,क्युस्यु क्षेत्रीय समिति ,किताकान्ताे क्षेत्रीय समिति ,अेाकिनावा क्षेत्रीय समिति रहने गरी समिति निर्माण गरिएकाे समाजले जनाएकाे छ ।

प्रकाशित मिति १८ जेष्ठ २०७७, आईतवार १८:५८