न्युयोर्कमा गर्मी बढेसँगै मानिसहरु लकडाउनमै पार्कमा निस्किन थाले

एजेन्सी । अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित शहर न्युयोर्कमा गर्मी बढेसँगै मानिसहरु पार्कमा निस्किन थालेका छन् । न्युयोर्कमा अहिले लकडाउन घोषणा गरिएको छ तर गर्मी मौसम बढेसँगै मानिसहरु स्वतःस्फुर्त पार्कमा घुम्न थालेका छन् । मानिसहरु लकडाउनमै बाहिर निस्किन थालेपछि स्थानीय प्रहरीले एक आपसमा सुरक्षित दुरी राख्ज चेतावनी दिइरहेको छ ।