पत्रकार बाहिङलाई मातृशोक

काठमाडौ । सगरमाथा अनलाइनका प्रधान सम्पादक एवं पत्रकार महासंघ एक नम्बर प्रदेश कमिटीका सचिव बुद्धबीर बाहिङलाई मातृशोक परेको छ । पत्रकार बाहिङका आमा कालीमाया राईको उपचारको क्रममा बीरेन्द्र सैनिक अस्पताल छाउनीमा ज्यान गएको हो ।

शुक्रबार मात्र हेलिकोप्टर मार्फत सोलुखुम्बुको सल्यानबाट काठमाडौ ल्याईएका आमालाई सुरुमा सिभिल अस्पताल बानेश्वर भर्ना गरिएको थियो । सिभिलमा आईसियू नभएपछि उहाँलाई साँझ छाउनी लगिएको थियो । सिभिलको प्रारम्भिक रिपोर्टमा उहाँको फोक्सो, छाती तथा मृगौलामा समेत समस्या देखिएको थियो ।

६७ बर्षीया राई दमको समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँलाई गत भदौमा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा उपचार गरिएको थियो । राईका श्रीमान्, ४ छोरा र २ छोरी  छन् । साेलु एफ एम

प्रकाशित मिति ३ माघ २०७७, शनिबार १९:२०