no-image

धेरै नेपालीहरूको सपना हुन्छ युरोप घुम्ने, युरोपमा बसोबास गर्ने, युरोपमा परिवार सेटल गर्ने, तीनै सपनाहरू पूरा गर्नको लागि एक सहज गन्तव्य बनेको छ पोर्तुगल । यहाँ लगभग पच्चीस हजार भन्दा माथी नेपालीहरूको बसोबास छ । आफ्नो भविस्यको रङ्गीन सपान पूरा गर्न दस बार्ह लाख खर्च गरेर आउने नेपालीहरूको जमात ठुलो छ । एक खोस्टो कार्ड र छोराछोरीको भविस्य भन्दै नेपालको सुन्दर र सान्दार जीवन छाडेर यहाँ आएर किन मज्दुरको जीवन बिताउछन त मान्छे ?

निश्चित बनएको भविष्यको सपना पूरा गर्न वर्तमानमा दास हुने नेपालीहरूको परम्परा नै हो । यहाँ चालीस काटेका मान्छेहरूको जमात पनि ठुलै छ । यसो सोध्यो, दाइ ढल्कदो उमेरमा किन यस्तो दुःख गर्न आउनु भयो ? भाइ छोराछोरीको भविष्य को लागि हो । हामीले त दुःख पाइयो पाइयो भन्ने सहज जबाफ आउँछ । ती जबाफहरू सुनेर मेरो मनमा भने प्रश्न नै प्रश्नहरू उत्पन्न हुन्छन । अनि म सोच्ने गर्छु हाम्रो संस्कार गलत कि ? हाम्रो सोचाइ गलत कि ? हामी गलत कि ? देसको अवस्था के बस्नै नसक्ने गरि बिग्रिएको हो त ? के नेपाल मा भविस्य नै छैन त ? नेपाल मा बस्ने सम्पुर्ण बालबालिका को भविस्य अन्धकारमा छ त ? यी र यस्ता प्रश्नहरू सोचनीय छन र मनमा आउने गर्छन… ।

पोर्तुगल आउनेहरू धेरैको पहिलो उदेश्य बसोबास पत्र बनाउने हुन्छ । दोस्रो आफ्नो परिवार ल्याउने हुन्छ (श्रीमती छोराछोरी आमा बाउ) धेरै नेपालीहरूले पोर्तुगल अथवा युरोपमा आफ्नो बालबालिकाको भविष्य राम्रो देखेका हुने रहेछन, र आफू दास बनेर पनि उनीहरूको सुन्दर भविस्यका सपना पूरा गर्न ल्याएका छन ।

तर के बाल्बालीकाको भविस्य यहाँ हामीले देखे जस्तो छ त ?
अधिकांश नेपालमा जन्मीएका ६ भन्दा माथी १५ भन्दा तल उमेरका बालबालिका लाई सोध्नुस, नेपाल रमाइलो कि यहाँ नानी, बाबु ? धेरै को जबाफ आउछ नेपाल । किन… ? उत्तर ..उहाँ धेरै साथीहरू थिए स्कुलमा घरमा यहाँ साथी पनि हुन्न धेरै । घरमा पनि कोठामै बस्न पर्ने एक्लै कतै पनि जान नपाउने आफ्नो भन्ने आमा बाबा बाहेक अरु धेरै नहुने जस्ता सजह जबाफ आउँछ । स्कुलमा कस्तो लाग्छ ? भाषा केही बुझिन्न, गयो बस्यो आयो तेही हो । साथी बनाउन पनि गाह्रो नेपाली भए नेपाली बनाउने नभए जाने आउने काम मात्र । केही महिना अगी मात्र म आफुले पनि यहाँको बसोबासको लागिभाषा अध्यन गर्न पर्ने भएर स्कुल गए, करीब तीन महिना त्यो स्कुलमा अध्यन गरे । नेपालीका नानी बाबुहरू पनि दस देखि बीस जानाको हाराहारीमा थिए । विहान मेट्रोमा सँगै परिन्थ्योे उमेरले म भन्दा आधा आधीका बालबालीकाहरू साथी जस्तो व्यबहार गर्थे नीकै नजीक हुने बोल्ने आफ्नै बाल्यकाल को साथी जस्तो व्यवहार गर्थे म पनि उनीहरूको भावना बुझेर तेस्तै बनिदिन्थे, कतिले भन्थे तपाईं हामी सँगै पढ्म ल दाइ, हामीलाइ साथी हुन्छ । म पनि हाँस्दै हुन्छ भन्दै ओठे जबाफ दिन्थे ।

त्यो देखेर मेरो भने सोच्न बाध्य हुन्थ्यो । छोराछोरी को भविस्य बनाउन सोर्गको जीवन छोडेर दास बन्दै फेरि अर्को सोर्गको खोजीमा हीनेका तिनका अभिभावकप्रति धेरै प्रश्न गर्न मन लाग्थ्यो । बालबालिकाको मनोभाव किन बुज्न सकेनन होला ? छोराछोरी को राम्रो भविस्य भनेको हामीले भनेजस्तो मान्छे बन्नु मात्र हो त ? उनीहरूले चाहेको भविस्य चै नराम्रो गलत होला हुन्छ होला र ? गलत बाटो मा हीन्न नदिनु राम्रो होला तर बाटो नै आफैले देखाएको हीन भन्नू जायज होइन होला हामीले जीबनमा आफैले देखेको बाटोमा त हीन्न नसकेर बाटो मोड्छै भने हामीले देखेको बाटो तँ हीन्नु पर्छ भन्ने सोच गलत मात्र होइन व्यक्तिवादी सोच पनि हो । चाहाना सबैको अभिभावककको हुन्छ, यस्तो भईदिए हुन्थ्यो भन्ने, तर हुनै पर्छ भन्नू त गलत होइन र ? हामीले देख्ने भन्दा फरक भविस्य देखेका बालबालिका लाई एक्कासी विदेशी भुमीमा न भाषा मिलोस, न भेष, न खानपान यति गर्दा भविस्य सुनिश्चित र सुन्दर भयो होला ? तपाईं हामीलाइ यो उमेर मा विदेशी भुमीमा पाइला टेक्दा त नौलो लाग्छ भने ती कलिला मुनाहरू बाआमसँगै भए पनि बाल्यकालको हावा पानी परिवेश परीबर्तनले मानसीक रुपमा पर्ने असरको बारेमा कहिले सोचेका छौ ? श्रीमान श्रीमती एक ठाउमा बालबच्चा एकै ठाँउमा भएर केही खुशी त खुशी मिलेको छ, तर त्यो बाल मस्तिष्कलाई यति धेरै लोड दिइएको छ कि, उसलाइ त्यो लोड धान्न नीकै गाह्रो परेको छ, र अत्याधिक मोबाइल र टिभीको लत लागेको छ । त्यता ध्यान जाँदा उसले एक्लो महसुस गर्दैन, जुन हानीकारक छ ।

बालबालिकाको भविस्य उज्यालो बनाउने चाहानामा हामीले देखेको भविस्य उनीहरूका लागि कतै गलत त सावित हुँदै छन उनीहरूको बाल अधिकार हनन् भएको छ । तिनिहरूको बाल मस्तिष्कमा यहाँको नयाँ ठाउ नयाँ परिवेश लाई सजिलै स्वीकार्न सकिने अबस्था हुदैन । जो यहाँ विदेश अथवा पोर्तुगलमा नै जन्मीएका बच्चा को भविष्य पनि हामीले सोचो जस्तो भएको छैन मेरो बुजाइ गलत पनि हुनसक्ला जब बच्चा जन्मिन्छ बोल्ने बेला हुन्छ घरमा नेपाली भाषा सिकाउन जबर्जस्ति नेपाली बोल्न लागाँउने, स्कुलमा पोर्तुगीज साथीहरू लेखाइ पढाई पनि पोर्तुगीजमै, बाउआमाको नेपाली मानसिकता, अङ्ग्रेजी बोल्दा आफ्नो बच्चा जान्ने सुन्ने भएको ठान्ने, अरुको भन्दा फरक सम्झने मानसीकताले धेरैका बच्चाहरू ७÷८ वर्ष सम्म पनि दोहोरो बोल्न नसकेका उदाहरणहरू छन, एक त बाआमाले समय दिन नसक्ने, जहिल्यै काम काम काम…….
जो अलि उमेर पुगेर आएका हुन्छन, तिनिहरू कलेज जान थाल्छन । कतिपयको बच्चाहरू नेपाल तिर नै हल्का कुलतमा लागेकाहरू छन, तिनिहरू कलेजबाट पार्कमा जम्मा हुने र गाजा चुरोट खाएको धेरै भेट्न सकिन्छ यहाँ १८ वर्ष माथीकालाई ६ ग्राम गाँजा बोक्न खान कानुन लाग्दैन, त्यसैले कतिका बच्चा कुलतमा पनि छन ।

यी र यस्ता कुराहरू गरिरहँदा यहाँ भविस्य नै नभएको पनि होइन, केही मान्छेले गरेका पनि छन अवसरहरू पनि धेरै छन, कतिका बाआमा नै यहाँको भाषामा कम्जोरीका कारण पनि धेरै बच्चाहरू अवसरबाट बन्चित छन । नेपालमा ए प्लस ल्याएका बच्चाहरू जहाँ राम्रो डाक्टर इन्जिनियर हुने जनशक्ति यहाँ र नेपालको भ्यालुएसन नमिलेर ढिलो भएर सामान्य होटेलमा काम गरेका पनि धेरै छन । जस्ले नेपालबाट बाआमा लाई युरोप देखाउन ल्याएका हुन्छन एक महिनाबाट दुइ महिना बस्न पनि खुल्ला बन्दी गृहमा बसे जस्तो मान्छन । नेपाल जान हतारो गर्छन । नेपालमा हुदा छोरो युरोप छ, भन्ने जुन तडक भडक यहाँ आएपछि शान्त हुन्छ… । बाआमाहरू यहाँका लाई सामान्य लाग्ने फेसनहरू देख्दा जीब्रो टोक्छन कति सोमत नभाका आईमाई छोरामान्छे जस्ता तर्क गर्छन । यहाँको काम छोरा बुहारीको ब्यस्त जीवन जहिल्यै हतार हतार देखेर कतिका बाआमाले भन्ने गरेको सुनेको छु, हैन नेपालमा नै यतिको दुःख गरीस भने त, नेपालमा यो भन्दा धेरै पैसा कमाउछ्स, फलानोको छोरो हाम्रो भन्दा केही थिएन, आजकाल गाँउमै कत्रो पैसा कमाको छ, कत्रो घर जग्गा जोडीसक्यो गाँउमा कत्रो इज्जत छ जस्ता तर्क गर्छन । आखीर बाआमाले सम्म नदेखेको भवीस्य देख्ने हामी दुरदर्शिता कि हामी मूर्ख ? हामीले देखेको युरोप र आमा बा आएर देखेको युरोपमा फरक कति होला ? सामान्य तया हुने खानेहरू नै आउने हुनाले पनि ती बाआमा लाई लाग्दो हो नेपालामा तेसरी बसेको त्यो जीवन बिताउर बसेको यति कमाइ त्यहाँ नै गरेको मान्छे यहाँ कुल्ली को जीवन बिताउको देखदा त्यो भन्नू स्वभावीक नै होइन र ? आखीर पैसा नै कमाउने हो भने उहाँ पनि कमाएकै थीयो तेत्तीनै भवीस्य भनम भने अहिले मरेर ज्यान फालेर कमाएर पछिलाई साँच्नु र अहिले उमेर जवानी लाई दास बनाउनु भविस्य हो त ? यी र यस्ता प्रस्नहरू को उत्तर को सङ खोज्ने …

सकेसम्म कामलाई सानो ठुलो नभनी देशमै केही गरौ प्रदेश जहाँ गए पनि प्रदेश नै हो । पिँजडा सुनको भएपनि पिँजडा नै हो, यो भित्र बस्नुको पीडा समान हुन्छ, मात्र फरक त परिधि मात्र हो । खाडीको पीडा पनि एकै हो युरोप, अमेरीका, अष्ट्रेलिया, जापान जहाको पीडा पनि एकै हो मात्र फरक खाडिमा तापक्रम ज्यादा होला युरोप अमेरिकामा चिसो ज्यादा होला थोर बहुत एता कमाइ होला उता अली कम होला तर घर छोडेर प्रदेश जानुको पीडा समान नै हो । प्रदेश जानेले होला थोर बहुत पैसा कमाए होलान, तर घर्देशमा मामाको विहेमा दौरासुरुबाल कोट पाइन्टमा ठाटिएर जन्ता जान मीस गरिन्छ आमालाइ ज्वारो आउदा रुघाखोकी लाग्दा आफ्नै हातले तताएको तातोपानी दिन सम्म पाइन्न, बुढेशकालमा मक्कीएको जोर्नीमा तातो लेत लगाएर आमा आराम गर्नुस भन्न पाइन्न । जीबनमा गरिने सामाजिक संस्कार रमाइलोहरू झल्झली सम्झिएर मेट्रो बस समाएर काममा चिसो मान लिएर जानुको विकल्प अरु हुनै सक्दैन । त्यसैले प्रदेश होइन घर्देशमै केही गर्ने कोसिस गरौ ।

प्रकाश गजमेर
पोर्तुगल

प्रकाशित मिति २६ श्रावण २०७७, सोमबार १५:५२